डडेलधुरा कांग्रेस सभापतिमा साउँद « Khabarhub

डडेलधुरा कांग्रेस सभापतिमा साउँद


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – नेपाली कांग्रेस डडेलधुरा सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सातौँ जिल्ला अधिवेशनमा प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।  निर्माण व्यवसायीसमेत रहेका साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् ।

साउँदले ७३४ मत प्राप्त गरेका छन् भने ठकुराठीले ७६ मत प्राप्त गरे । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी चयन भएका छन् भने सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।

उपसभापतिद्वय निर्विरोध भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो । सचिव पदका उम्मेदवार  चेतराज भट्ट भने पराजित भए ।

सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत चयन हुनेमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल रहेका छन् । परशुराम नगरपालिकाबाट अर्जुनसिंह साँउद, दलबहादुर साउँद र बसन्ती देवी पाण्डेय छन् ।

आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमतीदेवी बोहरा चयन भएका छन् भने भागेश्वर गाँउपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैशी चयन भए ।

अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द चयन हुँदा नवदुर्गा गाउँपालिकाबाट नरबहादुर बिष्ट र उत्तरा रोश्यारा छानिएका छन् । गन्यापधुरा गाउँपालिकाबाट चन्द्रादेवी विष्ट चयन भएकी छन् ।

महिला खसआर्य तर्फ पशुरपतिकुमारी बोहरा, जला विष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत भएका छन् । दलित महिला सदस्यमा दिपाकामी सर्वसम्मत भएकी छन् भने जनजातितर्फ बसन्ती देवी थापा सर्वसम्मत निर्वाचित भएकी छन् ।

डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा आरजू राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका हुन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन् ।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत  भए ।

समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ग अल्पसङ्ख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत भएकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १६ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना