धर्नापछिको कोणसभामा वकिलहरूले भने, ‘प्रहरी आक्रमण क्षम्य छैन’ « Khabarhub

धर्नापछिको कोणसभामा वकिलहरूले भने, ‘प्रहरी आक्रमण क्षम्य छैन’


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना दिएको छ ।

जारी आन्दोलन अन्तर्गत आजको धर्नापछि आयोजित कोणसभालाई संबोधन गर्दै कानुन व्यवसायीहरूले केही दिन अघि भएको प्रहरी धरपकडको विरोध जनाएका छन् ।

उनीहरूले बार अध्यक्षसहितका वकिलमाथि भएको आक्रमण कानुनमाथिकै आक्रमण भनेका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रहरी बन्दुक ल्याएर नआउने बताए ।

आन्दोलनमा गम्भीर घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश महर्जनले आफूमाथि सुनियोजित रूपमा आक्रमण भएको बताएका छन् ।

मानव अधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले सर्वोच्च अदालत युद्ध मैदान नभएको बताउँदै यस घटनाको जवाफ प्रधानमन्त्री र  राजनीतिक दलहरूले दिनुपर्ने माग गरेकी छन् । ‘यहाँ कलम र बुद्धिले काम गर्छ । कुनै गन र सर्ट-गनले काम गर्दैन’ उनले भनिन्, ‘तपाईँले गरेका संविधान र मानव अधिकार उलङ्घनको जवाफ तपाईँले दिनुपर्छ।’

भोलि १० बजेदेखि ५ बजेसम्म सर्वोच्च परिसरमै विरोधको कार्यक्रम हुने बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : ३५ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका