के अलग्गिदैछन् प्रियंका र निक ? | Khabarhub Khabarhub

के अलग्गिदैछन् प्रियंका र निक ?


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालका माध्यमबाट फ्यानका लागि आश्चर्यजनक संकेत गरेकी छन् । हालैमात्र उनले इन्स्टाग्रामबाट पति निक जोनसको सरनेम हटाएकी छन् । उनले हालसम्म सामाजिक सञ्जालमा आफ्नो नाम ‘प्रियंका चोपडा जोनस’ राखेकी थिइन् ।

प्रियंकाको अहिले एकाउण्टमा उनको नाम ‘प्रियंका चोपडा’ मात्र छ । प्रियंका अघि कैयौं अभिनेत्रीहरुले सामाजिक सञ्जालबाट पतिको थर हटाएर सम्बन्धविच्छेद गर्ने संकेत दिएका थिए । अहिले सामाजिक सञ्जालमा के प्रियंका चोपडाले पतिसँग अलग्गिने निर्णय लिएकी हुन् ? भन्ने चर्चा चलेको छ ।

मलाइका अरोडा खानले पनि पति अरबाज खानसँग सम्बन्धविच्छेद गर्नु अघि खान शब्द हटाएकी थिइन् । प्रियंका र निकको विवाहलाई लिएर पहिले पनि धेरै गसिप बाहिर आएका थिए । प्रियंकाले अमेरिकाको नागरिकता लिनका लागि निकसँग विवाह गरेको सम्म चर्चा लगेको थियो ।

यद्यपि सम्बन्धविच्छेदलाई लिएर दुवै पक्षले आधिकारिक केही घोषणा गरेका छैनन् । प्रियंकाले विवाह पछि इन्स्टा एकाउण्टमा प्रियंका चोपडा जोनस लेख्ने गरेकी थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : ५१ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको