सलमान भन्छन्–स्टार युगको अन्त्य हुँदैन « Khabarhub

सलमान भन्छन्–स्टार युगको अन्त्य हुँदैन


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– पछिल्लो दुई वर्षमा फिल्ममा निकै परिवर्तन देखिएको छ । ओटीटीको रुपमा नयाँ प्लेटफर्म विकसित रुपमा आएको छ । जसमा स्टार भ्यालु फिका मानिएका कलाकारहरु पनि चम्किएका छन् ।

ओटीटी प्लेटफर्मको बढ्दो वर्चस्वलाई नियाल्दा केहीले यसले बलिउडमा स्टारडमको युग सकिएको दाबी गरेका छन् । तर अभिनेता सलमान खान यो भनाईमा सहमत छैनन् ।

हालैको एक मिडिया अन्तरक्रियामा सलमानले यो विषयमा आफ्नो भनाई राखेका छन् । ‘हामी जान्छौं त कोही अरु आउछन् । मलाई लाग्छ स्टार युगको अन्त्य हुँदैन । यो जहिल्यै रहन्छ । कलाकारको फिल्म छनोट, वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । अहिले यो कैयौं चिजको प्याकेज बनेको छ । अब युवा पुस्तासँग आफ्नो सुपर स्टारडम हुनुपर्छ’, उनले भनेका छन् ।

‘म कैयौं वर्षदेखि सुनिरहेको छु कि यो अन्तिम पुस्ता हो । हामी युवापुस्ताका लागि सबै कुरा यति सजिलै छोड्ने छैनन् । हामीले उनीहरुलाई सबै कुरा छोडेर जाँदैनौं । मेहनत गर्नुहोस् । पचास प्लसमा हामी मेहनत गरिरहेका छौं । त्यसकारण तपाईं पनि मेहनत गर्नुहोस्’, उनले अगाडि भनेका छन् ।

सलमान हालका दिनमा आफ्नो फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’को रिलिजको तयारीमा छन् । फिल्मका निर्देशक महेश मान्जरेकर हुन् । फिल्ममा सलमान एक प्रहरी अधिकृतको भूमिकामा छन् । यो फिल्ममा सलमानका ज्वाइँ आयुष शर्मा ग्याङस्टारको भूमिकामा छन् । फिल्म नोभेम्बर २६ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : ११ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन