चिटिक्कको हेम्जा सडक, जुन निर्माण पूरा नहुँदै भाइरल बन्यो (भिडियो) | Khabarhub Khabarhub

चिटिक्कको हेम्जा सडक, जुन निर्माण पूरा नहुँदै भाइरल बन्यो (भिडियो)



पोखरा– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग पूर्ण रुपमा अझै निर्माण सम्पन्न भइसकेको छैन । यो लोकमार्गलाई विभिन्न चरणमा विभाजन गरेर निर्माण गरिँदै छ । यो लोकमार्ग पूर्ण भएपछि पहाडी जिल्ला हुँदै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सकिनेछ ।

सडक निर्माणका क्रममा छ । राष्ट्रिय गौरवको यो आयोजनालाई पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्पको रुपमा समेत लिइएको छ ।

यो लोकमार्गले पहाडका २४ जिल्लालाई छोएको छ । सडक विभागका अनुसार यो लोकमार्ग १ हजार ७ सय ६५ किलोमिटर लामो छ । निर्माण पूरा भइसक्दा यो लोकमार्गको लम्बाई बढ्न सक्ने विवरणहरू पनि आएका छन् । किनकि, यो लोकमार्गको कतिपय स्थानमा बाटो कहाँबाट लैजाने भन्नेमै विवाद भइरहेको छ ।

धेरै ठाउँमा यो लोकमार्ग दुई लेनको हुनेछ ।

पोखराको याम्दीदेखि खट्टेखोलासम्म भने लोकमार्गको सडकलाई ६ लेनको बनाइएको छ ।

६ लेनको सडक यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालका ग्रामीण भेगमा त बाटोको जोखिम छँदैछ । काठमाडौं लगायत देशका ठूला शहरहरुमा पनि गतिलो सडक नहुँदा नेपालीले निकै सास्ती बेहोरिरहेका छन् ।

यस्तो अवस्थामा ६ लेनको चिटिक्कको सडक निर्माण भएपछि हेम्जाबासी मात्र नभएर अरुले पनि खुशी व्यक्त गरेका छन् ।

केही समययता सामाजिक सञ्जालमा यो सडकलाई लिएर चर्चा भइरहेको छ । साथै नेपालका अन्य राजमार्गलाई पनि यस्तै बनाउनुपर्नेबारे बहस भइरहेको छ ।

यो सडक चिटिक्क र फराकिलो छ । निर्माण सम्पन्न नुहँदै चर्चामा आएको हेम्जाको यो सडकबाट अन्नपूर्ण हिमश्रृङ्खलाहरु नजिकै देखिन्छन् ।

मौसम खुलेका बेला हेम्जाको यो सडकबाट देखिने दृश्यले जोकोहीलाई पनि मोहित तुल्याउँछ ।

चर्चामा रहेको याम्दीको यो सडकमा चाइनिज दुबो लगाउन बाँकी छ । मध्यपहाडी लोकमार्ग आयोजनाका कास्की, पर्वत र बाग्लुङ खण्डका प्रमुख नारायणदत्त भण्डारीका अनुसार चाइनिज दुबोको छेउछाउमा फूलहरु पनि रोपिनेछ ।

यो सडक पूर्ण भएपछि अझै चर्चा हुने भण्डारीको अपेक्षा छ ।

सडक निर्माणका क्रममा पुरानो सडक भत्काउँदा स्थानीयबासीले केही वर्ष निकै सास्ती खेपेका थिए । अहिले यो सडकको चर्चा भइरहँदा उनीहरु पनि खुशी देखिन्छन् ।

यो सडक ६ लेनको भएपछि पोखराबाट नौडाँडा हुँदै लुम्ले, घान्द्रुक, बाग्लुङ, कुश्मा, गुल्मीको दूरी पनि छोटो भएको छ ।

यसअघि सडक खराब हुँदा सराङकोटको बाटो हुँदै बाग्लुङतर्फको यात्रा तय गर्ने यात्रुहरु अहिले हेम्जाकै सडक हुँदै जान थालेका छन् ।

पोखराबाट हेम्जा हुँदै बाग्लुङ जाँदै गरेका प्रेम मगरले भने, ‘यो बाटो पूरै तयार भयो भने त हामी घर जाने समय पनि छोटो हुने भयो, विस्तारै विकास त हुँदैछ है !’

‘यति सडक निर्माण हुँदा त नेपालभर यस्तो चर्चा छ, जताततै यस्तै सडक बन्ने हो भने यात्रुलाई कति सहज हुँदो हो ?,’ पोखराका स्थानीय रामजी प्रसाद आचार्यले भने ।

 

भिडियोमा हेर्नुहोस् हेम्जाको आकर्षक सडक


फोटो/भिडियो: अर्घेलो थापा

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ३५ बजे

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौं–  संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले

कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ