मनीषा भन्छिन्–कंगना प्रतिभाशाली अभिनेत्री « Khabarhub

मनीषा भन्छिन्–कंगना प्रतिभाशाली अभिनेत्री


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री मनीषा कोइरालाले अभिनेत्री कंगना रनावत, आलिया भट्ट र अभिनेता रणवीर कपूरको तारिफ गरेकी छन् । उनले एक अन्तरवार्तामा यी कलाकारको तारिफ गरेकी हुन् ।

मनीषाले आलियाको काम गर्ने शैली निकै अगाडि रहेको बताएकी छन् । उनले कंगनालाई प्रतिभाशाली भनेकी छन् । कंगनाले सन् २००६ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले हालसम्म ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । कंगनाले चारपटक राष्ट्रिय फिल्म पुरस्कार नै जितेकी छन् ।

जबकी आलियाले सन् २०१२ बाट अभिनय सुरु गरिन् । उनले अभिनय गरेको ‘हाइवे, ‘उड्ता पञ्जाब’, ‘राजी’ र ‘गली ब्वाइ’ प्रशंसनीय फिल्ममा पर्दछन् ।

मनीषाले एक अन्तरवार्तामा आफूलाई मनपर्ने अभिनेत्रीको बारेमा कुराकानी गरेकी थिइन् । उनले अभिनयमा आउने युवापिढी महान रहेको र विश्वको मानकका रुपमा चित्रित रहेको बताएकी थिइन् । उनले कार्तिक आर्यनलाई राम्रो अभिनेता र रणवीर कपूरलाई महान भनेकी छन् ।

‘मैले आलिया भट्टको काम हेरेको छु र मलाई लाग्छ कि उनी मैले गरेको कामभन्दा धेरै अगाडि छिन् । कंगना पनि शानदार छिन् । मैले फिल्म ‘क्वीन’ हेरेपछि उनको अभिनयलाई मनपराएँ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ४७ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य