मनीषा भन्छिन्–कंगना प्रतिभाशाली अभिनेत्री « Khabarhub

मनीषा भन्छिन्–कंगना प्रतिभाशाली अभिनेत्री


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री मनीषा कोइरालाले अभिनेत्री कंगना रनावत, आलिया भट्ट र अभिनेता रणवीर कपूरको तारिफ गरेकी छन् । उनले एक अन्तरवार्तामा यी कलाकारको तारिफ गरेकी हुन् ।

मनीषाले आलियाको काम गर्ने शैली निकै अगाडि रहेको बताएकी छन् । उनले कंगनालाई प्रतिभाशाली भनेकी छन् । कंगनाले सन् २००६ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले हालसम्म ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । कंगनाले चारपटक राष्ट्रिय फिल्म पुरस्कार नै जितेकी छन् ।

जबकी आलियाले सन् २०१२ बाट अभिनय सुरु गरिन् । उनले अभिनय गरेको ‘हाइवे, ‘उड्ता पञ्जाब’, ‘राजी’ र ‘गली ब्वाइ’ प्रशंसनीय फिल्ममा पर्दछन् ।

मनीषाले एक अन्तरवार्तामा आफूलाई मनपर्ने अभिनेत्रीको बारेमा कुराकानी गरेकी थिइन् । उनले अभिनयमा आउने युवापिढी महान रहेको र विश्वको मानकका रुपमा चित्रित रहेको बताएकी थिइन् । उनले कार्तिक आर्यनलाई राम्रो अभिनेता र रणवीर कपूरलाई महान भनेकी छन् ।

‘मैले आलिया भट्टको काम हेरेको छु र मलाई लाग्छ कि उनी मैले गरेको कामभन्दा धेरै अगाडि छिन् । कंगना पनि शानदार छिन् । मैले फिल्म ‘क्वीन’ हेरेपछि उनको अभिनयलाई मनपराएँ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ४७ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी