जागरण गीतमा रमाएकी सिन्धु | Khabarhub Khabarhub

जागरण गीतमा रमाएकी सिन्धु


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नवलपरासीकी सिन्धु जलेशा बुढाथोकी बुबा प्रचण्डबहादुरकै पछि लागेर गाउँ गाउँमा नाँच्न पुग्थिइन् । बाल्यकालदेखि नै जनवादी गीतमा नाँच्न बुबासँग हिँडेकी उनले धेरै ठाउँमा जागरण जगाउने किसिमका गीतमा नाँचिन् ।

बुबा प्रचण्डबहादुर कम्युनिष्ट राजनीतिमा सक्रिय रहेकाले पनि उनमा सानै उमेरदेखि कम्युनिष्ट राजनीतिमा चासो थियो । त्यही चासो पुरा गर्न गाउँ–गाउँ पुगिन् । स्थानीयको समस्या बुझिन् । अनि त्यही समस्यालाई टपक्कै टिपेर गीत लेख्थिइन् ।

उनले २०४१ सालबाट गीत गाउन सुरु गरिन् । ‘जागरण अभियान लिएर गाउँ जाँदा कहिलेकाहीँ गीत गाउने मान्छेको अभाव हुन्थ्यो । त्यो बेला बुवा र अन्य दाजुहरुले गीत गाउनुपर्यो भन्नुहुन्थ्यो । त्यसरी मेरो गायनको सुरुवात भयो । सामूहिक रुपमा गीत गाउदा डर लागेन । तर बिस्तारै बानी भएपछि एक्लै पनि स्टेजमा गाएँ’, हालैको भेटमा उनी भन्दै थिइन् ।

उनका बुबाको चेला लोकबहादुर खत्री रेडियो नेपालमा काम गर्थे । पञ्चायतकालिन समयमा उनी बुवासँग काठमाडौं आउदा रेडियो नेपालमा छिरिन् । जहाँ लोकबहादुरले गीत गाउने अवसर दिए । ‘त्यो बेला रेडियो नेपालमा प्रगतिशिल गीत गाउने अवस्था थिएन । त्यही भएर बुवाले लेख्नुभएको आञ्चलिकता झल्काउने गीत गाएँ । त्यो गीत अहिले पनि बेला बेलामा रेडियो नेपालमा बज्छ’, उनले सम्झिइन् ।

२०४३ सालमा नवलपरासीमा जनपक्षीय उम्मेद्वारले ‘हाँगाको चरा’ चुनाव चिन्ह पाएका थिए । सिन्धु र उनको समय नवलपरासी जिल्ला भर नाँच्ने र गाउने अभियानमा संलग्न भई चुनाव प्रचार गरे । उसबेला उनले ‘चरीलाई नभुलौं दाजुभाई, लगाउँ छाप हाँगाको चरालाई’ गीत गाएकी थिइन् ।

उनले २०५६ सालताका बुवासँग रेडियो नेपालमा जागरण गीत ‘आमा दिदीबहिनी हो जागनँ’ गाइन् । २०५७ सालमा चेतनामूलक बालगीत ‘हाम्रो फूलबारी’ अनि २०६० सालमा काठमाडौंमा रहेको डेरा समस्यालाई चित्रित गर्दै ‘डेरा पाएको छैन’ गाइन् ।

सिन्धुको सम्झनामा उनले पछिल्लोपटक नवलपरासीको दिव्यज्योति क्याम्पसमा नाँचेकी थिइन् । केही समयअघि सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनमा उनले नाँच्ने धोको पुरा गरिन् । ‘उमेर बढ्दै गए नाँच्न छोडियो । अहिले गायनमै समय दिइरहेको छु’, उनले भनिन् ।

उनले हालसम्म झण्डै ४५ को संख्यामा प्रगतिशिल, सन्देशमूलक, जनवादी, देशभक्ति भावका गीत गाएकी छन् । आफ्नै लगानीमा दुई एलबम प्रकाशन गरेकी छन् । उनी हाल नेपाली कला संस्कृतिको बारेमा पीएचडी गर्दैछिन् ।

‘पहिलदेखि नै जनवादी गीत गाएकाले व्यावसायिकता तिर ध्यान गएन । मलाई आर्थिक रुपमा फाइदा नभए पनि देश र जनताका लागि गाउने हो,’ उनको बुझाई छ । २०४८ सालमा पार्टी सदस्यता लिएकी सिन्धु हाल नेकपा एमाले लुम्बिनी प्रदेश समिति सदस्य तथा जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य र लुम्बिनी प्रदेश इञ्चार्ज छिन् । उनी दोस्रो संविधानसभामा समानुपातिक सदस्य थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ०१ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड