शिक्षकहरुले राजनीति गर्नुहुन्न भन्नु राजनीतिक सिस्टमलाई कमजोर पार्नु हो : प्रचण्ड (भिडियो) « Khabarhub

शिक्षकहरुले राजनीति गर्नुहुन्न भन्नु राजनीतिक सिस्टमलाई कमजोर पार्नु हो : प्रचण्ड (भिडियो)


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक र सामाजिक क्रान्तिमा शिक्षकहरुको ठूलो योगदान रहेको बताएका छन् ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘नेपालमा जति पनि पार्टी छन् शिक्षककै योगदानका दल छन् । सबभन्दा धेरै गाउँमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने, राजनीतिक नीति कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्,’ उनले भने ।

दाहालले शिक्षकहरुले राजनीति गर्नु हुन्न भन्नु राजनीतिक प्रणालीलाई कमजोर पार्नु भएको बताए । ‘अब शिक्षकहरुले राजनीतिक गर्नुहुन्न भनिदिए पछि राजनीतिक सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही होइन,’ उनले भने, ‘शिक्षकहरु अझ सक्रियताका साथ समाजसेवा, सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्नुपर्छ । अनिमात्र सामाजिक रुपान्तरणमा देशमा लैजान सकिन्छ ।’

राणाकालदेखि त्यसपछिका आन्दोलनलाई जनव्यापी बनाउने कुरामा शिक्षकहरुको भूमिका रहेको उनको भनाइ छ ।

‘शिक्षकहरुलाई राज्यले सेवा सुविधा सम्मान अनुसन्धानमा सहभागी गराउनुपर्छ । हामीकहाँ उल्टो छ । सबैभन्दा बढी विभेदमा पारिएको छ । त्यही भएर राजनीतिक क्रान्तिलाई साथ दिएको मजदुर र श्रमजीवीलाई साथ दिएर क्रान्तिकारी भएको हो । राज्यले साथ नदिएपछि क्रान्तिमा आउनुपरेको छ । शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

अब समाजवादी क्रान्तिको नयाँ चरणमा शिक्षकहरुले अझ सशक्त रुपमा समाजवादी रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । ‘अहिले पनि हाम्रा समस्या जहाँका त्यहीँ छैन । परिवर्तनको उपलब्धी महसुस गर्न पाएको छैन । अनुहार फेरिएका छन् । सिस्टम त्यहीँ छ । अर्कालाई प्रधानमन्त्री बनाउँदै पुर्‍याउँदै स्थिति भयो । क्रान्ति गर्ने बाहिर छ । त्यसकारण अझ डटेर जानुपर्छ, उनले भने ।

शिक्षकहरुको आत्मसम्मानका लागि अझै पनि एउटा लडाइ लड्नुपर्ने र शान्तिपूर्ण ढंगले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : २५ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको