नागाको पहिलो रोजाइमा थिइनन् समान्था « Khabarhub

नागाको पहिलो रोजाइमा थिइनन् समान्था


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– दक्षिण भारतीय फिल्म उद्योगका रुचाइएका जोडी समान्था रुथ प्रभु र नागा चैतन्याको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यान दुःखी भएका थिए । सफल जीवनका लागि विवाह गरेका यो जोडी चार वर्षमै असफल हुन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।

एकअर्काबाट अलग्गिएपछि दुवैले आफ्नो जीवनलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । तर सायद कमैलाई मात्र थाहा होला विवाहका लागि समान्था नागाको पहिलो रोजाईमा थिएनन् ।

नागा समान्थालाई आफ्नो निजी जीवनमा ल्याउनु अघि उनी कोही स्टारकिडको प्रेममा थिए । उनी प्रेममा यति गम्भीर थिए कि विवाहको सपनासम्म देखेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । ती युवती अरु कोही नभई दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुति हासन थिइन् । बोल्ड अनि सुन्दरी श्रुति र नागा गम्भीर प्रेममा थिए । उनी श्रुतिसँग घर नै बसाउन चाहन्थे ।

नागा र श्रुतिको भेटघाट सन् २०१३ मा एक साथीका माध्यमबाट भएको थियो । उनीहरु चाँडै एकअर्कासँग नजिकिए । दुवैले डेटिङ नै सुरु गरे । उनीहरुमा प्रेमको तह यतिसम्म बढ्यो कि एकअर्का नहेरी बस्न सक्दैन थिए । सन् २०१३ मा भएको साउद फिल्मफेयर अवार्डमा उनीहरुले एकअर्काबाट नजर कसरी हटाउन सकेनन् भन्ने कुरा त्यो अवार्डमा उपस्थित जोकोहीले बुझेका थिए ।

तर समय एकनास रहेन । उनीहरुको प्रेमले बाटो बिरायो । सन् २०१५ मा श्रुतिले नागासँग सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरेकी थिइन् । त्यो तस्वीरले दुबै प्रेम सम्बन्धमा रहेको अड्कलबाजी गरिएको थियो । तर त्यो अड्कलबाजी केवल अड्कलबाजीमै सीमित थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : २९ बजे

अल्टिमेटपछि सुकुम्वासी आक्रोशित, विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको सुकुम्वासीहरूलाई भोलि १२

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान

झापा– वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो

ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन

यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’