नागाको पहिलो रोजाइमा थिइनन् समान्था | Khabarhub Khabarhub

नागाको पहिलो रोजाइमा थिइनन् समान्था


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– दक्षिण भारतीय फिल्म उद्योगका रुचाइएका जोडी समान्था रुथ प्रभु र नागा चैतन्याको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यान दुःखी भएका थिए । सफल जीवनका लागि विवाह गरेका यो जोडी चार वर्षमै असफल हुन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।

एकअर्काबाट अलग्गिएपछि दुवैले आफ्नो जीवनलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । तर सायद कमैलाई मात्र थाहा होला विवाहका लागि समान्था नागाको पहिलो रोजाईमा थिएनन् ।

नागा समान्थालाई आफ्नो निजी जीवनमा ल्याउनु अघि उनी कोही स्टारकिडको प्रेममा थिए । उनी प्रेममा यति गम्भीर थिए कि विवाहको सपनासम्म देखेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । ती युवती अरु कोही नभई दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुति हासन थिइन् । बोल्ड अनि सुन्दरी श्रुति र नागा गम्भीर प्रेममा थिए । उनी श्रुतिसँग घर नै बसाउन चाहन्थे ।

नागा र श्रुतिको भेटघाट सन् २०१३ मा एक साथीका माध्यमबाट भएको थियो । उनीहरु चाँडै एकअर्कासँग नजिकिए । दुवैले डेटिङ नै सुरु गरे । उनीहरुमा प्रेमको तह यतिसम्म बढ्यो कि एकअर्का नहेरी बस्न सक्दैन थिए । सन् २०१३ मा भएको साउद फिल्मफेयर अवार्डमा उनीहरुले एकअर्काबाट नजर कसरी हटाउन सकेनन् भन्ने कुरा त्यो अवार्डमा उपस्थित जोकोहीले बुझेका थिए ।

तर समय एकनास रहेन । उनीहरुको प्रेमले बाटो बिरायो । सन् २०१५ मा श्रुतिले नागासँग सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरेकी थिइन् । त्यो तस्वीरले दुबै प्रेम सम्बन्धमा रहेको अड्कलबाजी गरिएको थियो । तर त्यो अड्कलबाजी केवल अड्कलबाजीमै सीमित थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : २९ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले