नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित « Khabarhub

नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ । मंगलबार दुबईमा भएको खेलमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो । नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन् । २४ बल सामना गर्दा बर्माले कुनै बाउण्ड्री प्रहार गरिनन् ।

सीता राना मगरले १७ रन बनाइन् । सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान गरिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् ।

यस्तै सोनम पाल्दोमले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् ।

टस हारेर बलिङ गरेको नेपालको लागि सीता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिन् । करुना भण्डारीले एक विकेट लिइन् ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ०४ बजे

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर