नेप्सेमा उच्च अङ्कको गिरावट « Khabarhub

नेप्सेमा उच्च अङ्कको गिरावट


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रु चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यम खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै १९.९३ अङ्कले उकालो लाग्यो । यस्तै, बैंकिङ १५.४, व्यापार ४५.५१, होटल तथा पर्यटन ९३.५५, विकास बैंक ११९.९८, जलविद्युत् ७५.४४, वित्त ८८.७, निर्जीवन बीमा २०१.५, उत्पादन १०१.०५, लघुवित्त ५६.०४, जीवन बीमा १८९.५२, सामूहिक लगानीकोष ०.०७ र लगानी १.३४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ बराबरको कारोबार भयो ।
नेशनल हाइड्रोपावर १२ करोड २१ लाख २४ हजार ७८१ र महालक्ष्मी विकास बैंक १० करोड ४२ लाख ७१ हजार ५६८, अपि पावर कम्पनी रु १० करोड ३३ लाख ५६ हजार र अरुण काबेली पावर रु नौ करोड ७० लाख ५३ हजार ३३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३५ अर्ब ८८ करोड २० लाख ४४ हजार १८ बराबर भएको छ । नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, दूरसञ्चार कम्पनी २।५९, गणपति लघुवित्त २.४९, सामुदायिक लघुवित्त १.९६ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले १।९१ प्रतिशतले कमाए ।

त्यस्तै, आइसिएफसी फाइनान्स ५.८४, एनआइबिएल प्रगति फण्ड ५.२५, नारायणी डेभलपमेन्ट बैंक ५.१६, गुडविल फाइनान्स ४.९४ र सिङ्गटी हाइड्रोपावरका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ५५ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई