एमाले महाधिवेशन : ११ गते उम्मेदवारी मनोनयन, मतदान गर्न आधा घण्टा लाग्ने « Khabarhub

एमाले महाधिवेशन : ११ गते उम्मेदवारी मनोनयन, मतदान गर्न आधा घण्टा लाग्ने


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने महाधिवेशन निर्वाचन आयोगका सचिव बाबुराम दाहालले जानकारी दिए । उनले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।

आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५–१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।

उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उनका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए । उनले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताए। निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।

महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशनस्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ । दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताए । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मतपरिणाम घोषणा गर्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ४७ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको