१२ वर्षमाथिका विद्यार्थीलाई खोप लगाउनेबारे दुईमन्त्रीबीच परामर्श « Khabarhub

१२ वर्षमाथिका विद्यार्थीलाई खोप लगाउनेबारे दुईमन्त्रीबीच परामर्श


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोप १२ वर्षमाथिका विद्यार्थीलाई लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य र स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन् । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरे ।

शिक्षामन्त्रीले बालबालिकाहरुलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए ।

‘बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको छ, मन्त्री खतिवडाले भने, ‘आउने वित्तिकै विद्यार्थीेले खोप पाउँछन् ।’

मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए । १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुदधको खोप लगाउनुपर्ने छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि