एमाले महाधिवेशन बन्दसत्रका लागि अध्यक्षमण्डल गठन, प्रतिनिधि संख्या बढ्यो « Khabarhub

एमाले महाधिवेशन बन्दसत्रका लागि अध्यक्षमण्डल गठन, प्रतिनिधि संख्या बढ्यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले ले १०औँ महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटीको गठन गरेको हो।

अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।

त्यस्तै, बैठकले ७ सदस्यीय माइन्युट कमिटी पनि गठन गरेको छ। जसमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए। त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बता।

बैठकमा महाधिवेशन तयारी समितिहरूले रिपोर्टिङ गरेका थिए । महाधिवेशनलाई व्यवस्थित गर्नेगरी तयारी भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : २२ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा