डडेल्धुरामा किचलोका बीच देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित « Khabarhub

डडेल्धुरामा किचलोका बीच देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । बमकाअनुसार कूल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो ।

कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर, देउवालाई डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइँदै आइएको छ ।

तर, यसपटक देउवाले पद र सत्ताको दुरुपयोग गरेर गृहजिल्लामा महाधिवेशन गरेको आरोप लाग्दै आएको छ । निवर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन । क्रियाशील सदस्यतामा एकलौटी भएको भन्दै मल्ल समूह सहभागी नभएको हो ।

यता, महाधिवेशन प्रतिनिधिमा मतपत्रमा देउवाको नाममा पहिले नै रेजा लगाएर मत दातालाई मत पत्र दिएको आरोप लागेको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवार कमलसिंह भाटका अनुसार देउवाको नाममा रेजा लगाएर मत पत्र मत दातालाई दिइएको थियो ।

महाधिवेशन प्रतिनिधिमा २१ जना उम्मेदवार रहेको बताउँदै उनले भने २१ मा १० जना निर्वाचित हुनुपर्ने थियो । देउवाको नाममा पहिले नै रेजा लागेको थियो ९ जना थप निर्वाचित भए ।

भाट पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका थिए । मत पत्रमा सुरुमा नै रेजा लगाएको कुरा सत्य नभएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले देउवाको छविमा आँच पुर्‍याउन निराधार आरोप लगाएको बताए ।

बम यसअघि पनि विवादमा फसेका थिए । उनले वडा अधिवेशनमा निवर्तमान सभापति मल्ल पक्षसँग छलफल नगरेर एकलौटी अधिवेशन गरेको आरोप लागेको थियो । उनी आर्जु निकट व्यक्तिको रूपमा समेत चिनिन्छन् । मल्ल समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेको छ । सानेपामा धर्ना चलिरहँदा डडेल्धुरामा भने अधिवेशन भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ०५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट