डडेल्धुरामा किचलोका बीच देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित | Khabarhub Khabarhub

डडेल्धुरामा किचलोका बीच देउवा महाधिवेशन प्रतिनिधि निर्वाचित


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । बमकाअनुसार कूल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो ।

कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर, देउवालाई डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइँदै आइएको छ ।

तर, यसपटक देउवाले पद र सत्ताको दुरुपयोग गरेर गृहजिल्लामा महाधिवेशन गरेको आरोप लाग्दै आएको छ । निवर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन । क्रियाशील सदस्यतामा एकलौटी भएको भन्दै मल्ल समूह सहभागी नभएको हो ।

यता, महाधिवेशन प्रतिनिधिमा मतपत्रमा देउवाको नाममा पहिले नै रेजा लगाएर मत दातालाई मत पत्र दिएको आरोप लागेको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवार कमलसिंह भाटका अनुसार देउवाको नाममा रेजा लगाएर मत पत्र मत दातालाई दिइएको थियो ।

महाधिवेशन प्रतिनिधिमा २१ जना उम्मेदवार रहेको बताउँदै उनले भने २१ मा १० जना निर्वाचित हुनुपर्ने थियो । देउवाको नाममा पहिले नै रेजा लागेको थियो ९ जना थप निर्वाचित भए ।

भाट पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका थिए । मत पत्रमा सुरुमा नै रेजा लगाएको कुरा सत्य नभएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले देउवाको छविमा आँच पुर्‍याउन निराधार आरोप लगाएको बताए ।

बम यसअघि पनि विवादमा फसेका थिए । उनले वडा अधिवेशनमा निवर्तमान सभापति मल्ल पक्षसँग छलफल नगरेर एकलौटी अधिवेशन गरेको आरोप लागेको थियो । उनी आर्जु निकट व्यक्तिको रूपमा समेत चिनिन्छन् । मल्ल समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेको छ । सानेपामा धर्ना चलिरहँदा डडेल्धुरामा भने अधिवेशन भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ०५ बजे

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी