माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई ओलीले एमालेमा भित्र्याए « Khabarhub

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई ओलीले एमालेमा भित्र्याए


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका एक नेता विहीबार एमाले प्रवेश गरेका छन् । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली विहीबार पर्सा पुगेका थिए ।

पर्साको जगरनाथमा आयोजित आमसभा कार्यक्रममा ओलीले जालिम मियाँलाई पार्टीमा स्वागत गरे । सो अवसरमा सम्बोधन गर्दै ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्वास दिलाउँदै त्यसका लागि देशभर यस्ता पार्टी प्रवेश कार्यक्रमहरु भइरहेको उल्लेख गरे।

कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायतले बोलेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ४ : ५२ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक