पहिलो झलकमा विक्रम, प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’ | Khabarhub Khabarhub

पहिलो झलकमा विक्रम, प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट सूर्य बोहोराको लेखन र निर्देशन रहेको फिल्म ‘हेल्लो जिन्दगी’को पहिलो झलक सार्वजनिक भएको छ । सत्यघटनामा आधारित सामाजिक कथाको यो फिल्म आगामी चैत ११ गते रिलिज हुँदैछ ।

फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहोरा, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारको अभिनय छ ।

युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डि जोशी छन् । सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथ निर्देशक बोहोरा र विक्रमको हो भने पटकथा र संवादमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।

निर्देशक बोहोराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा सबिता गुरुङ सह–निर्माता छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ५ : ०० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस