बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी | Khabarhub Khabarhub

बंगुरपालनले फेरियो आँखेवा युवाको दैनिकी


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे ।

विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको उजेलीसँगै बंगुरहरूको हेरचाहमा पुग्छन् । साँझ अबेरसम्म उनले सञ्चालन गरेको बंगुर फर्ममा नै व्यस्त छन् । डेढ वर्षअघिदेखी उनी यही बंगुर फर्ममा भेटिन्छन् ।

विगतको जस्तो बजारमा साथीभाइसँग गफ गर्न उनलाई अहिले फुर्सद नै मिल्दैन । चाङलुङ बंगुर फर्म दर्ता गरी अनिल र उनका भाइ सुनिलले सामूहिक रुपमा बंगुरपालन गर्दै आएका छन् । सुनिल ५ वर्ष वैदेशिक रोजगारमा थिए । विदेशी भूमिमा गरेको श्रम र मिहेनत आफ्नै ठाउँमा गर्न सके रोजगारका लागि विदेश नै जानुपर्छ भन्ने लाग्दैन सुनिललाई । दाजुभाइ र आँखेवा परिवार यतिबेला फर्म बंगुरको हेरचाहमा नै रमाइरहेका छन् । बंगुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने हतारो हुन्छ यी दाजुभाइलाई ।

चारो, खोरदेखि जन्मिँदै गरेको पाठापाठी स्याहारमा नै समय खर्चिरहेका हुन्छन् । पाँच लाख लगानीमा सुरु गरेको फर्मले राम्रै आम्दानी लिन थालेको छ । अनिल भन्छन्, ‘राजनीति भनेको सेवा हो व्यावसाय भनेको आम्दानीको स्रोत हो । राजनीतिले परिवार धान्ने कुरै भएन परिवार धान्नका लागी कुनै न कुनै व्यावसाय गर्नुपर्छ भन्ने उद्देश्यले बंगुरपालनलाई रोजेका हौँ । खासगरी हामीले मासुभन्दा पनि पाठापाठी उत्पादनलाई जोड दिँदै आएका छौँ । सुरुआती चरणमा छौँ हामी, तर पनि आम्दानी राम्रै छ । अझ फर्मलाई व्यवस्थित बनाउँदै जाने हाम्रो सोच छ ।’

घर नजिकै सञ्चालन गरेको फर्ममा दाजुभाइसँगै परिवारका सदस्यहरू रोजगार बनेका छन् । फर्ममा उत्पादन भएका बंगुरका पाठापाठी स्थानीय बजारका साथै धनकुटाको हिलेसम्म बिक्री हुँदै आएका छन् ।

बजारको माग धेरै भए पनि मागअनुसार उत्पादन गर्न नसकेको अनिलले बताए । उनी भन्छन्, ‘बजारको लागि समस्या छैन । मागअनुसार उत्पादन गर्न नसक्दा आम्दानी लिन नसकेको छैन । ग्राहकहरूको मागअनुसार विभिन्न जातका बंगुर भित्र्याउँदै जाने सोचमा छौँ । उन्नत जातको पाठापाठी उत्पादन गरी ग्राहकसम्म पुर्‍याउने लक्ष्य लिएका छौँ ।’

व्यावसायिक रुपमा बंगुरपालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग अझैसम्म नपाएको अनिलको गुनासो छ । अनिल भन्छन्, ‘युवाहरूलाई व्यावसायिक बनाउने भनेर स्थानीय सरकारले कार्यक्रम ल्याए पनि हाम्रो फर्मलाई अनुदान भन्ने दिएको छैन ।’

पाँच रोपनी क्षेत्रफलमा रहेको जग्गा भाडामा लिएर फर्म सञ्चालन गर्दै आएका हुन । पाठापाठीसँगै मासु र बिउका लागि फर्ममा बंगुर पाल्दै आएका छन् । यहाँ उत्पादन भएका पाठापाठी तीन हजारदेखि पाँच हजारसम्म बिक्री हुँदै आएका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ५ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६