बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित « Khabarhub

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ ।

शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो ।

रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिलियन स्टार कासमिरो र इडेन हजार्डले एकएक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए ।

जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दूरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।

रियल ४० अंकसहित दोस्रो र आल्भेस १८ अंकसहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै