हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिकसँगै ‘सत्यम’ अडिसन कल « Khabarhub

हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिकसँगै ‘सत्यम’ अडिसन कल


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यमः राईजिङ अफ दि हिरोज’ लेख्दै फिल्मको शीर्षकलाई परिभाषित पनि गरिएको छ ।

फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । फिल्मको शीर्ष चरित्रमा हमाल देखिनेछन् भने खलपात्रको रुपमा अनुपको उपस्थिति हुनेछ ।

फिल्मका निर्देशक शंकर कार्कीले अनुपको चरित्रको लुक्ससहित छिट्टै पोस्टर सार्वजनिक गरिने बताए । फिल्मका निर्माता रेशम सापकोटाका अनुसार फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको पनि अभिनय रहनेछ । टुडी प्रविधिमा निर्माण हुने फिल्ममा अभिनय गर्न अभिनेता हमाल आठ महिनापछि सहमत भएका थिए । यसअघि फिल्म ‘सौर्य’मा राजेश र अनुप एकसाथ देखिएका थिए ।

निर्माण पक्षले अडिसनबाट दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकार छनोट गर्नेछ । उनीहरुबाहेक अन्य २२ कलाकारहरु पनि छानिनेछन् । अडिसन काठमाडौंमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।

रेशम सापकोटाको लेखन रहेको फिल्ममा एशोसएट निर्माता श्याम मल्ल र गणेश पौडेल छन् । रेशम गौतम र कृष्ण अधिकारी सहनिर्माता रहेको फिल्ममा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत, विदुर पाण्डे ‘नवीन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : ०३ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर