हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिकसँगै ‘सत्यम’ अडिसन कल « Khabarhub

हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिकसँगै ‘सत्यम’ अडिसन कल


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यमः राईजिङ अफ दि हिरोज’ लेख्दै फिल्मको शीर्षकलाई परिभाषित पनि गरिएको छ ।

फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । फिल्मको शीर्ष चरित्रमा हमाल देखिनेछन् भने खलपात्रको रुपमा अनुपको उपस्थिति हुनेछ ।

फिल्मका निर्देशक शंकर कार्कीले अनुपको चरित्रको लुक्ससहित छिट्टै पोस्टर सार्वजनिक गरिने बताए । फिल्मका निर्माता रेशम सापकोटाका अनुसार फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको पनि अभिनय रहनेछ । टुडी प्रविधिमा निर्माण हुने फिल्ममा अभिनय गर्न अभिनेता हमाल आठ महिनापछि सहमत भएका थिए । यसअघि फिल्म ‘सौर्य’मा राजेश र अनुप एकसाथ देखिएका थिए ।

निर्माण पक्षले अडिसनबाट दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकार छनोट गर्नेछ । उनीहरुबाहेक अन्य २२ कलाकारहरु पनि छानिनेछन् । अडिसन काठमाडौंमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ ।

रेशम सापकोटाको लेखन रहेको फिल्ममा एशोसएट निर्माता श्याम मल्ल र गणेश पौडेल छन् । रेशम गौतम र कृष्ण अधिकारी सहनिर्माता रहेको फिल्ममा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत, विदुर पाण्डे ‘नवीन’को डीओपी र अष्टमान महर्जनको द्वन्द्व हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : ०३ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा