नेकपा दाहाल-नेपाल समूहको बैठक सुरू, ओलीलाई कारबाही गर्ने तयारी « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको बैठक सुरू, ओलीलाई कारबाही गर्ने तयारी


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक सुरू भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए ।

‘पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने ?’ भन्दै दाहाल-नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई प्रष्टिकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शनिबार राति प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत ओलीको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध छिट्टै अर्को चरणको स‌ंघर्षको कार्यक्रम घोषणा गर्ने जानकारी दिएका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीद्वारा राजधानीमा शुक्रबार आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।’

उनले केपी ओलीसँगको शुरुदेखिको मुख्य मतभेद विधि र पद्धतिको पालनामा रहेको बताउँदै पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनुपर्ने जनाएका छन् ।

‘तब मात्र हामी आफ्नो प्रतिबद्धताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं,’ उनले भनेका छन, ‘हाम्रो काठमाडौँमा शुक्रबार भएको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानाकारीविना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो । संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’

उनले आफूहरुको एउटा मुख्य चुनौती विधि पद्धति अनुसार पार्टी सञ्चालन गर्नु रहेकोसमेत बताएका छन् । आजको बैठकमा यही विषयमा समीक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : १० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था