फरक शैलीमा तेस्रो किताब जात्रा | Khabarhub Khabarhub

फरक शैलीमा तेस्रो किताब जात्रा


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्ला दुई संस्करण पाँच तारे होटल भएको ‘किताब जात्रा’ यसपटक भर्चुअल रुपमा हुने भएको छ ।

कोभिड १९ को महामारीको कारण जनाउदै आयोजक किताब यात्रा फाउण्डेसनले आगामी माघ १७ देखि २३ गतेसम्म भर्चुअल रुपमा ‘नबिल किताब जात्रा २०७७’ आयोजना गर्न लागेको हो ।

काठमाडौँमा आइतबार पत्रकार माझ जात्रा निर्देशक ऋषिराम अधिकारीले यसपटक आमसञ्चारको माध्यमलाई प्रयोग गर्दा ‘किताब जात्रा’ आयोजना गर्न लागेको बताए ।

‘हामीले कोभिड–१९ को कहर अवस्थामा पनि वर्षको शुरुवातमै ‘भर्चुअल लिटरेचल फेस्टिबल’ गर्यौ । यो कार्यक्रमको सफलतापछि ‘किताब जात्रा’लाई पनि भर्चुअल रुपमै गर्ने निचोडमा पुग्यौं’, उनले भने, ‘यसपटक अघिल्ला संस्करणको जस्तो स्टल राखेर पुस्तक बिक्री गर्ने छैनौं । हामी अनलाइनमार्फत पाठकमाझ पुस्तक पुर्‍याउनेछौं । भाषा साहित्य, सिनेमा, समाज उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु समावेश ७ वटा सेसनलाई एपीवान एचडी टेलिभिजनमार्फत प्रसारण गर्नेछौं ।’

जात्राकी सहजकर्ता शकुन्तला जोशीले आफूहरुले सात वटा प्रदेशमा ‘किताब जात्रा’ गर्ने योजना बनाए पनि कोभिडका कारण त्यो हुन नसकेको बताइन् । उनले ती कार्यक्रमलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने जनाइन् ।

यसवर्षका लागि जात्राको शीर्ष प्रायोजक नबिल बैंकका सिइओ अनिल केशरी शाहले किताब जात्राले विगत नहेरी भविष्यलाई हेर्ने बताए । उनले मानिसहरुलाई शारीरिक रुपमा तन्दुरुस्त हुन व्यायामको आवश्यकता परेझैं मानसिक रुपमा तन्दुरुस्त हुन पठनपाठनको आवश्यकता पर्ने औंल्याए ।

आयोजकका अनुसार कार्यक्रममा कुमार नगरकोटीको विशेष काव्यिक प्रस्तुति हुनेछ । महोत्सवका सेसनहरु एपी वान टेलिभिजनबाट हरेक दिन बेलुका छ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गने ५ बजेदेखि ७ बजेसम्म प्रसारण हुनेछ ।

किताब जात्राका सम्पूर्ण सेसन ’किताब यात्रा एप’बाट पनि हेर्न सकिनेछ । कार्यक्रममा नेपाली वाङमयका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’बाट सम्मान गर्ने, किताबयात्रा डटकमबाट सर्वाधिक बिक्री हुने पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ४ : ०५ बजे

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द