विमलाको ह्याट्रिक, आर्मीसँग वालिङको फराकिलो हार « Khabarhub

विमलाको ह्याट्रिक, आर्मीसँग वालिङको फराकिलो हार


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध शानदार जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा आर्मीले वालिङलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

जसमा आर्मीका लागि विमला चौधरीले ह्याट्रिक पुरा गरिन् । यस्तै, आर्मीका लागि दिपा राई, शर्मिला थापा, भुजंगा राई र हेमा चौधरीले समान एक–एक गोल गरे ।

वालिङले प्रतियोगितामा पहिलो हार व्येहोर्दा आर्मीले पहिलो जित हात पारेको हो । विमलाले खेलको १५, ६६ र ७५ औं मिनेटमा गोल गोल गर्दै ह्याट्रिक पुरा गरिन् । यस्तै, लिगको यो दोस्रो ह्याट्रिक हो ।

यसअघि शसस्त्रकी सावित्रा भण्डारीले पहिलो ह्याट्रिक गरिसकेकी छन् । यस्तै, आर्मीका लागि दिपाले २८ औं मिनेटमा, शर्मिलाले ४४ औं मिनेट, हेमाले ८९ औं मिनेटमा र भुजंगाले खेलको इन्जुरी समयमा गोल गरेकी हुन् ।

आर्मीविरुद्धको खेलमा वालिङका तीन जना क्यामरुनि खेलाडी मैदान उत्रिएका थिए ।यसअघि आफ्नो पहिलो खेल चौदण्डीगढीसँग गोलरहित बराबरी खेलेको वालिङ आज फराकिलो हार व्येहोर्न पुग्यो ।

‘विदेशी खेलाडी र नेपालका खेलाडीबीच समन्वय नमिल्दा फराकिलो हार व्येहोर्नु पर्यो,’ प्रशिक्षक दिलीप थापाले बताएका छन् । यस्तै विजयी टोली आर्मीका प्रशिक्षक राजु तामाङले टिमले आज राम्रो खेलेपनि अझै धेरै कुरा मिलाउन पर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ३ : ४७ बजे

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण