प्रधानमन्त्री भन्छन् : संसद विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन् (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री भन्छन् : संसद विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन् (भिडियोसहित)


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराउनेहरू देशविरोधी र जनविरोधी हुन् भनेका छन् ।

उनले भने, ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरू संविधान विरोधी, ती कराउने मान्छेहरू लोकतन्त्र विरोधी, देश विरोधी, ती कराउने मान्छेहरू जनविरोधी मान्छेहरू हुन्, जो कराइरहेका छन् ।’

उनले देशमा अस्तव्यवस्ता खडा गरेर अस्थिरता निम्त्याउन खोजेकाले आफूले ताजा जनादेशमा जाने निर्णय गरेको पनि जिकिर गरे ।

उनले भने, ‘अस्तव्यस्तता खडा गर्ने देशमा, स्थिरता हुन नदिने, स्थायित्व हुन नदिने र बहुमतको सरकार तोडेर अनि जोडजाम सरकार बनाएर स्थिरताको नाटक गर्ने ।’

प्रधानमन्त्री ओलीले सांसद भएर पाँच वर्ष जागिर खान खोजेको आरोप पनि लगाए । ‘संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ चुनिएर आएपछि भन्ने,’ उनले प्रश्न गरे, ‘सांसद भनेको जागिर हो ?’ सांसद भनेको जागिर होइन, उनीहरूको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ, यो स्थायी जागिर हो ?’

प्रधानमन्त्रीले देशको सेवा गर्नुपर्नेमा अरूद्वारा निर्देशित भएर अरूको लागि काम गरेको आरोप पनि लगाए । उनले यस्तो आरोपमा कसैलाई तोकेनन् । ‘जनताको सेवा गर्नुपर्ने, देशको सेवा गर्नुपर्ने ठाउँमा सेवा नगरेर अरूद्वारा निर्देशित, अरूको इशारामा, अरूका लागि काम गर्ने भएपछि, स्थिरता भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकेल्न खोजेपछि स्थिरताको लागि, ताजा जनादेशका लागि’ जनताका जानु परेको जिकिर गरे ।

उनले भने, ‘कुन कुन सांसदले के कस्तो काम गरेका छन्, यिनको मूल्याङ्कन गर्नुपर्‍यो, पुरस्कृत गर्ने कि सजाय गर्ने, त्यो कुरा जनताले फैसला गर्नुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले आफूलाई तानाशाह भनेकोमा कडा प्रतिवाद पनि गरे । ‘मैले हातमा लिएको छैन, मैले आफ्ना हातमा लिएको भए तानाशाही हुन्थ्यो,’ उनले प्रश्न गरे, ‘जनताको बीचमा, जनताको फैसला, तपाईंहरूका बीचमा, तपाईंहरू फैसला गर्नुहोस् भन्दा म कसरी तानाशाही भएँ ?’

हेरौँ भिडियो

उनले आफूले फैसला नगरेको जिकिर गरे । उनले भने, ‘मैले त फैसला गर्‍या छैन । मैले फैसला गर्छु, मै शासक हुन्छु, मै भइरहन्छु, जोडजाम गरेर, जोड घटाउ गरेर, जालझेल षड्यन्त्र गरेर, किनबेच र तिकडम गरेर शासनमा रहन्छु भनेको छैन ।’

प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ गते र २७ गते हुने निर्वाचनमा आफ्नो र अरूको कामको मूल्याङ्कन हुने बताए । उनले भने, ‘मैले त जनताका बीचमा जाऊँ, मेरो काम के भयो, त्यो पनि जनताले मूल्याङ्कन गर्नुस्, अरूका काम के भए, त्यो पनि मूल्याङ्कन गर्नुस् भन्याछु ।’

प्रधानमन्त्रीले निर्वाचनबारे कुनै पनि अलमलमा नपर्न पनि आग्रह गरे । उनले निर्वाचनलाई देशद्रोही तत्वलाई ठेगान लगाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने, त्यस्ता देशद्रोही तत्वहरूलाई ठेगान लगाउने यो अवसरका रूपमा हामीले प्रयोग गर्नुपर्छ ।

प्रधानमन्त्री ओली राजधानीमा आइतबार अपाङ्गता भएका व्यक्तिहरूको एक साक्षत्कार कार्यक्रममा बोल्दै थिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ३ : ५८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था