जान्हवीको ‘गुड लक जेरी’ सुटिङमा किसानको अवरोध « Khabarhub

जान्हवीको ‘गुड लक जेरी’ सुटिङमा किसानको अवरोध


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री जान्हवी कपूर हालका दिनमा पञ्जाबको पटियालामा फिल्म ‘गुड लक जेरी’को सुटिङ गरिरहेकी छन् । तर शनिबार भने यो फिल्मको सुटिङमा स्थानीय किसानले अवरोध पुर्याएका छन् । कृषि कानूनको विरोध गरिरहेका केही किसानहरु सुटिङ सेटमा पुगेर प्रदर्शन गरेपछि सुटिङ रोकिएको थियो ।

समाचार अनुसार किसानहरुले यो शहरमा फिल्मको सुटिङका विरुद्ध नाराबाजी गरेका थिए । किसानहरुले फिल्मका कलाकार तथा प्राविधिक बसेको होटलमा पनि पुगेर नाराबाजी गरे । उनीहरुले आफ्नो आन्दोलनमा बलिउडका कलाकारको समर्थनको माग गर्दै नाराबाजी गरेका थिए ।

‘यो मुद्दा फिल्मका कुनै कलाकारका विरुद्ध होइन । किसानहरु आफ्नो आन्दोलनमा फिल्म युनिटले समर्थन गरुन भन्ने चाहन्छन् । किनकी किसान यस्तो वस्तु हुन्, जसले जोकोहीलाई पनि प्रभावित गर्न सक्ने हिम्मत राख्छन् । त्यहीकारण उनीहरुले आफ्नो आन्दोलन बलिउडको समर्थन होस् भन्ने चाहन्छन्’, एक किसानले भनेका छन् ।

यसअघि जनवरी १० मा पन्जाबो स्सी पठानामा पनि किसानले यो फिल्मको सुटिङमा रोक लगाएका थिए । त्यो समयमा जब जान्हवीले सामाजिक सन्जालमा किसानको समर्थनमा स्टाटस शेयर गरिन्, त्यसपछि मात्र सुटिङ पुनः शुरु भएको थियो ।

किसानहरुले पञ्जाबी फिल्म उद्योगका सबै कलाकारहरुले आफ्नो आन्दोलनमा समर्थन गरिरहेकोले बलिउडका कलाकारलाई पनि समर्थन गर्न आव्हान गरेको बताएका थिए । बलिउडका कलाकारहरु फिल्म सुटिङ गर्न पञ्जाब आए पनि आफ्नो आन्दोलनमा कसैले केही नबोलेको गुनासो गरेका छन् ।

जान्हवी स्टारर यो फिल्म सन् २०१८ मा रिलिज तमिल फिल्म ‘कोलामवु कोकिला’ को हिन्दी रिमेक हो । तमिल पिःल्ममा नयनताराले प्रमुख भूमिका निभाएकी थिइन् । ‘गुड लुक जेरी’ को निर्देशक सिद्धार्थ सेनगुप्ताले गरिरहेका छन् । यसका निर्माता आनन्द एल राय हुन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ४ : ५९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा