राजसंस्था सहितको प्रजातन्त्रको माग राख्दै राप्रपाद्वारा पाँचथरमा प्रदर्शन | Khabarhub Khabarhub

राजसंस्था सहितको प्रजातन्त्रको माग राख्दै राप्रपाद्वारा पाँचथरमा प्रदर्शन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राष्ट्रियता र प्रजातन्त्र सबल तुल्याउन राजसंस्था सहितको प्रजातन्त्र अनुकूल पद्धति आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले जनप्रदर्शन गरेको छ ।

‘समयको माग र जनताको आकांक्षा पुरा गर्न राजसंस्था सहितको प्रजातन्त्र देशमा आवश्यक देखिएको छ । बहुसंख्यक नेपाली जनता विशेष गरेर युवा पुस्ताको माग पनि यही छ,’ राप्रपाका केन्द्रीय सम्पादन सदस्य सगुनसुन्दर लावतीले भने ।

‘नर्वे, बेलायत, जापान र डेनमार्कमा जस्तो प्रजातन्त्रलाई सुढृद तुल्याउन, समृद्धि प्राप्त गर्न दलभन्दा माथि रहने निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था चाहिएको छ,’ नेता लावतीले भने ।

राप्रपा पाँचथरको आयोजनामा आइतबार सम्पन्न जनप्रदर्शनको क्रममा नारा जुलुस गर्दै फिदिम बजार परिक्रमा गरीएको थियो ।

राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना, भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, नागरिक सुशासन, निष्पक्ष स्थानीय सरकारको नारा लगाउँदै र्याली सम्पन्न गरिएको थियो । भव्य र्याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए ।

‘राजसंस्था र हिन्दुराष्ट्रको नारा लिएर राप्रपा जनतामाझ जानेछ, यही नै हाम्रो चुनावी मुद्दा हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले कोणसभालाई सम्बोधन गर्दै भने ।

तीन तहको लुट र भ्रष्टाचार अन्त्य गरेर जनतालाई राहत दिन, देशलाई विकासको पथमा अघि बढाउन आधारभूत सुधार अपरिहार्य भएको छ, केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले भने ।

प्राज्ञिक समितिका केन्द्रीय सदस्य डा. डिल्लीप्रसाद चापागाईले राजसंस्था हटेपछि देशमा दुरदिन सुरु भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।

राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले जनताको चाहना र देशको आवश्यकता बमोजिम राप्रपा विकल्पको रुपमा स्थापित हुने बताए । जिल्ला उपाध्यक्ष कमल चेम्जोङले युवा रोजगार र नागरिक सुशासन कायम नगरी देशमा प्रगति नहुने बताए ।

सो क्रममा विभिन्न दल परित्या गरी ४३ जना राप्रपामा प्रवेश गरेका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी