राष्ट्रपतिलाई विदेशीले समेत ‘गोटी’ बनाए : अध्यक्ष थापा « Khabarhub

राष्ट्रपतिलाई विदेशीले समेत ‘गोटी’ बनाए : अध्यक्ष थापा



नवलपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्या भण्डारीलाई विदेशीले समेत ‘गोटी’ बनाएको आरोप लगाएका छन् ।

नवलपरासीपूर्वको कावासोतीमा आज आफ्ना पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता थापाले राष्ट्रपतिलाई पार्टीले मात्र नभइ विदेशीलेसमेत यही अवधिमा आफ्नो ‘गोटी’का रुपमा प्रयोग गरेको आरोप लगाएका हुन ।

‘राष्ट्रपतिलाई अहिले सानो काममा प्रयोग गरिएको छ’, अध्यक्ष थापाले भने, ‘भोलि राष्ट्रलाई अझै ठूलो संकटमा पर्ने बेलामा पनि विदेशीको प्रयोग हुन सक्छ ।’

राप्रपा अध्यक्ष थापाले अहिलेका राजनीतिक दलका गलत कामका कारण विदेशीहरुको चलखेल र प्रभाव तीब्र बढेर गएको बताए ।

आमुल परिवर्तन गर्न नेपाललाई सिंगापुर बनाउने आश्वासन दिएर सत्तामा पुगेका पार्टीहरुको गलत नीतिको कारणले गर्दा नै अहिले लाखौं युवाहरु विदेश गएर पसिना बगाउन बाध्य भएको उनको भनाइ थियोय ।

‘माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गर्दै गर्दा वर्षको १२ हजार युवाहरु विदेश जाने गरेका थिए’, नेता थापाले भने, ‘आमुल परिवर्तन गर्न भन्दै सत्तामा पुगेका नेताहरुको लगत नीतिकै कारण अहिले ५ लाख युवाहरु मलेशिया र अरबको खाडीमा रगत र पसिना बगाउन बाध्य बाध्य छन् ।’

नेता थापाले नयाँ नेपाल, आर्थिक समृद्धि प्रजातन्त्रको सुदृढिकरण जनताको अधिकार स्थापनाको बदलामा अहिले देशमा इतिहासमै डरलाग्दो र घिनलाग्दो भ्रष्टाचार कायम भएको उल्लेख गरे ।

धर्म निरपेक्षताको आडमा सनातनदेखि कायम रहँदै आएको हिन्दु र बुद्धिस्टहरुको धर्म परिवर्तन गराएर हाम्रो धार्मिक सांस्कृतिक मूल्य मान्यतालाई कमजोर बनाउने काम भएको उनको भनाई छ ।

राजसंस्थालाई पाखा लगाई देश अभिभावकविहिन भएको भन्दै राप्रपा अध्यक्ष थापाले राजसंस्थालाई हटाएकै कारणले भ्रष्टाचार र अनियमतिता बढेर जानुका साथै देशमा विदेशीको चलखेल र प्रभाव तीब्र रुपले बढेर गएको दोहोर्याए ।

शान्ति, स्थिरता र समृद्धिका लागि भनेर क्रान्तिको नारा लगाउनेलाई जनताले दुई तिहाई बहुमत दिएको भएको उल्लेख गर्दै थापाले तीन वर्ष नपुग्दै जनतामाथि विश्वासघात भएको बताए ।

दुई तिहाई बहुमत पाएर शक्तिशाली भई संविधानलाई परिवर्तन गर्न सक्ने अवस्थाका पार्टीले जनताको ठूलो विश्वास धान्न नसकेको उनले उल्लेख गरे ।

राप्रपा अध्यक्ष थापाले पुस ५ गते प्रतिनिधिसभा विघटनको घटनालाई कम्युनिष्ट पार्टीहरुको असफलता भएको टिप्पणी गर्दै उनले संसद पुनःस्थापनाबाट मुलुकले निकास नपाउने बताए । अहिलेकै अवस्थामा संसद पुनःस्थापना गरी सांसद किनबेचको खेल हुने भन्दै यसले राज्यको हित नगर्ने बताए । उनले अहिलेको संक्रमणको निकास ताजा जनादेशबाट मात्रै सम्भव हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : २० बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा