सावित्राको ४ गोलमा एपीएफको शानदार जित  « Khabarhub

सावित्राको ४ गोलमा एपीएफको शानदार जित 


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सावित्राको ४ गोलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले विराटगर महानगरपालिकामाथि ७-० गोल अन्तरको फराकिलो जित हासिल गरेको छ ।

राष्ट्रिय महिला लिगअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा एपीएफको जितमा सावित्राले दोस्रो ह्याट्रिक गरेकी हुन्।

उनले यसअघिको खेलमा चन्द्रपुर नगरविरुद्ध ह्याट्रिक गरेकी थिइन्। आजको खेलसँगै उनले दुई खेलमा ७ गोल गरेकी छन्।

पहिलो हाफको २५ र ४२ औँ मिनेटमा दुई गोल गरेकी सावित्राले दोस्रो हाफको ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्।

त्यस्तै, उनले निर्धारित समयको एक मिनेटअघि व्यक्तिगत चौथो गोल गरिन्। सावित्राबाहेक अनिता केसीले दुई गोल गरिन् भने सरु लिम्बूले एक गोल गरिन्।

आजको जितसँगै दोस्रो जित निकालेको एपीएफले लिगमा ६ अंक बनाएको छ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : ३५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका