टेलिकमकाे कर्मचारी हुँ भन्दै ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ | Khabarhub Khabarhub

टेलिकमकाे कर्मचारी हुँ भन्दै ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

सिसिटिभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिहरुको हुलिया लिएर खोज तलास गर्ने क्रममा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

डाँका गर्ने मुख्य अभियुक्त सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवसहित चार जना पक्राउ परेको प्रहरी उपरीक्षक धमलाले बताए ।

प्रहरीले घटनामा प्रयोग भएको सवारी साधन ना ४ ख ७२४६ नम्बरको मिनी ट्रकसहित गाडीका धनी सिरहा लहान नगरपालिका–३ डगराहा टोलका ३५ वर्षीय सूर्यनारायण महतो, डाँकाको समान बिक्री गर्ने लहान नगरपालिका–३ अस्पताल चौकका ३५ वर्षीय पवन जायसवाल र ब्याट्री खरिद गर्ने कबाडी सञ्चालक सिरहाको गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार डाँका गरिएको २४ वटा ब्याट्रीमध्ये जायसवालले १७ वटा व्याट्री भारततर्फ पठाएको र ७ वटा ब्याट्री दीपक अग्रवाललाई बिक्री गरेका छन् ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी सात वटा ब्याट्री र डाँकाको समान ओसार्न प्रयोग भएको मिनी ट्रक बरामद गरेको छ । उनीहरुलाई डाँका मुद्दामा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दिया टोलस्थित शिवनारायण चौधरीको घरमा राखिएको २४ थान ६५० एएच ब्याट्री, २० मिटर पावर केबल र २५ मिटर अर्थिङ्ग केबल पुस २३ गते बिहान डाँका भएको थियो । घरमा ठूलो मानिस नभएका बेला चौधरीकी नाबालिका छोरीसँग टेलिकमको कर्मचारी हुँ भनेर आरोपितले झुक्याइ साँचो मागी डाँका गरेको आरोप छ ।

डाँका मुद्दामा पक्राउ परेका आरोपितलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : १९ बजे

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको

घरिघरि हर्क साम्पाङलाई के हुन्छ ? : अध्यक्ष प्रचण्ड

धरान- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरानका

‘गभर्नर नियुक्तिमा ढिलाइ भयो, चाँडो गरौं’

काठमाडौं – पर्वतका जननिर्वाचित सांसद पदम गिरी पूर्वकानूनमन्त्री एवं नेकपा

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रतिनिधि