सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा « Khabarhub

सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ ।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि रु एक हजार ५००, तोरीको तेलका लागि रु ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि रु ५०० गरी रु दुई हजार ५०० का दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिए ।

सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा रु १४ लाख ६९ हजार विनियोजन गरेको गाउँपालिकाले ५८८ सुत्केरीलाई रकम वितरण गरेको आचार्यले जानकारी दिए ।

पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । थोरै भए पनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस् भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो । यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कावा अध्यक्ष आचार्यले जानकारी दिए ।

उनले गाँउपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : २० बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा