तेह्र वर्षमै आमा बनेकी थिइन् श्रीदेवी ! « Khabarhub

तेह्र वर्षमै आमा बनेकी थिइन् श्रीदेवी !


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनय र सुन्दरतामा परिचित बलिउड अभिनेत्री श्रीदेवी निधन भएको आज ३ वर्ष पुगेको छ । उनको सन् २०१८ फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । श्रीदेवीले बाल कलाकारका रुपमा अभिनय यात्रा सुरु गरेकी थिइन् ।

जीन्यूजमा प्रकाशित समाचार अनुसार श्रीदेवीले १३ वर्षको उमेरमा रजनीकान्तको आमाको भूमिकामा अभिनय गरेकी थिइन् । त्यसपछि उनले रजनीकान्तकै प्रेमिकाको भूमिका पनि निभाइन् ।

श्रीदेवीलाई तमिल फिल्म ‘मूंदरु मुदिचू’मा रजनीकान्तको आमाको भूमिका निभाउन प्रस्ताव आउदा उनी निकै खुशी भएकी थिइन् । किनकी त्यो समयमा रजनीकान्त सुपरस्टार भइसकेका थिए ।

त्यो समयमा रजनीकान्तको उमेर २५ वर्षको थियो । उक्त फिल्ममा श्रीदेवीले रजनीकान्तको सौतेली आमाको भूमिकामा अभिनय गरेकी थिइन् । यो फिल्ममा कमल हासनको पनि अभिनय थियो ।

श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यप्पन थियो । तर फिल्ममा आएपछि उनले आफ्नो नाम श्रीदेवी राखिन् । श्रीदेवीले अनिल कपूरसँग १३ र जीतेन्द्रसँग १६ फिल्ममा अभिनय गरिन् ।

श्रीदेवीले अनिलका ठूलो दाजु बोनी कपुरसँग विवाह गरेपछि अनिल र श्रीदेवी वास्तविक देवर–भाउजू बने । उनले रजनीकान्तसँग २० फिल्ममा अभिनय गरिन् ।

श्रीदेवीको निधन दुबईको एक होटलको बाथरुममा भएको थियो । एक आफन्तको विवाहमा सहभागिता जनाउन पति बोनीसहित त्यहाँ पुगेकी उनको होटलको बाथटवमा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ५० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले