जो ‘बी–ग्रेड’ फिल्ममा ‘बोल्ड’ देखिए « Khabarhub

जो ‘बी–ग्रेड’ फिल्ममा ‘बोल्ड’ देखिए


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री कंगना रनावत र स्वरा भास्करका बीच सामाजिक सञ्जालमा एउटा बहस जारी छ । केही दिन अघि कंगनाले आइटम गीतलाई अस्वीकार गर्ने कुरा गरिरहँदा स्वराले सामाजिक सञ्जालमा उनको आइटम गीत ‘जुल्मी रे जुल्मी’ शेयर गरेकी थिइन् । यो गीत फिल्म ‘रज्जो’का लागि तयार पारिएको थियो ।

स्वराले गीत शेयर गरेपछि कंगनाले उनलाई ‘बी–ग्रेडको अभिनेत्री’ भनेर गाली नै गरिन् । भलै कंगनाले रिसमा स्वरालाई ‘बी–ग्रेडको अभिनेत्री’ भने पनि बलिउडमा यस्ता कैयौं ठूला स्टारहरु छन्, जोसँगै वास्तवमै ‘बी–ग्रेड’का फिल्ममा काम गरेको अनुभव छ ।

दैनिक भास्करले तयार पारेको समाचारअनुसार फिल्म ‘मैने प्यार क्यों किया’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री कटरीना कैफले आफ्नो अभिनय सुरुवात ‘बी–ग्रेड’कै फिल्मबाट गरेकी थिइन् । कटरीनाले अभिनेता अमिताभ बच्चनका साथ फिल्म ‘बूम’मा कैयौं बोल्ड दृश्य दिएकी छन् ।

बलिउडमा एकताका सफल अभिनेत्रीको पहिचान बनाएकी अभिनेत्री रेखाले सुरुवाती करियरमा अभिनय गरेका गरेका कैयौं फिल्म फ्लप रहे । उनी ‘बी–ग्रेड’ फिल्म ‘कामासूत्र’मा पनि देखिएकी थिइन् । यो फिल्ममा उनको बोल्ड र सिडक्टिव दृश्य थिए ।

बलिउडलाई छोडेकी अभिनेत्री ममता कुलकर्णीले सुरुवातमा ‘बी–ग्रेड’ फिल्म ‘डिवाइन टेम्पल खजुराहो’मा अभिनय गरेकी थिइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् ।

हालका दिनमा ‘रोडिज’मा टिम लिडरको रुपमा देखा परेकी अभिनेत्री नेहा धूपियाले बलिउड करियर अजय देवगनको फिल्म ‘कयामत’बाट सुरुवात गरिन् । यो फिल्म पछि उनी ‘बी–ग्रेड’ फिल्म ‘शीशा’मा देखिइन् । जसमा सोनू सूदको पनि प्रमुख भूमिकामा अभिनय थियो ।

‘दिल से’ र ‘मन’ जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मनीषा कोइरालाले कैयौं ब्लकबस्टर फिल्ममा काम गरिसकेकी छन् । करियरका बीच उनले एक ‘बी–ग्रेड’को प्रेमकथाको फिल्म ‘ए लिटिल लव स्टोरी’मा अभिनय गरेकी थिइन् । प्रख्यात अभिनेत्रीको छवि बनाइरहँदा उनले यस्ता किसिमका फिल्ममा बोल्ड दृश्य दिएको देख्दा सबै चकित परेका थिए ।

आफ्नो दमदार हाँसोका कारण चर्चामा आइरहने अर्चना पूरन सिंहले करियरको सुरुवातमा कैयौं बोल्ड फिल्ममा अभिनय गरिन् । उनले अभिनेता शेखर सुमनका साथ ‘बी–ग्रेड’को फिल्म ‘रात के गुनाह’मा रोमान्स गरेकी थिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै