जो ‘बी–ग्रेड’ फिल्ममा ‘बोल्ड’ देखिए « Khabarhub

जो ‘बी–ग्रेड’ फिल्ममा ‘बोल्ड’ देखिए


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री कंगना रनावत र स्वरा भास्करका बीच सामाजिक सञ्जालमा एउटा बहस जारी छ । केही दिन अघि कंगनाले आइटम गीतलाई अस्वीकार गर्ने कुरा गरिरहँदा स्वराले सामाजिक सञ्जालमा उनको आइटम गीत ‘जुल्मी रे जुल्मी’ शेयर गरेकी थिइन् । यो गीत फिल्म ‘रज्जो’का लागि तयार पारिएको थियो ।

स्वराले गीत शेयर गरेपछि कंगनाले उनलाई ‘बी–ग्रेडको अभिनेत्री’ भनेर गाली नै गरिन् । भलै कंगनाले रिसमा स्वरालाई ‘बी–ग्रेडको अभिनेत्री’ भने पनि बलिउडमा यस्ता कैयौं ठूला स्टारहरु छन्, जोसँगै वास्तवमै ‘बी–ग्रेड’का फिल्ममा काम गरेको अनुभव छ ।

दैनिक भास्करले तयार पारेको समाचारअनुसार फिल्म ‘मैने प्यार क्यों किया’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री कटरीना कैफले आफ्नो अभिनय सुरुवात ‘बी–ग्रेड’कै फिल्मबाट गरेकी थिइन् । कटरीनाले अभिनेता अमिताभ बच्चनका साथ फिल्म ‘बूम’मा कैयौं बोल्ड दृश्य दिएकी छन् ।

बलिउडमा एकताका सफल अभिनेत्रीको पहिचान बनाएकी अभिनेत्री रेखाले सुरुवाती करियरमा अभिनय गरेका गरेका कैयौं फिल्म फ्लप रहे । उनी ‘बी–ग्रेड’ फिल्म ‘कामासूत्र’मा पनि देखिएकी थिइन् । यो फिल्ममा उनको बोल्ड र सिडक्टिव दृश्य थिए ।

बलिउडलाई छोडेकी अभिनेत्री ममता कुलकर्णीले सुरुवातमा ‘बी–ग्रेड’ फिल्म ‘डिवाइन टेम्पल खजुराहो’मा अभिनय गरेकी थिइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् ।

हालका दिनमा ‘रोडिज’मा टिम लिडरको रुपमा देखा परेकी अभिनेत्री नेहा धूपियाले बलिउड करियर अजय देवगनको फिल्म ‘कयामत’बाट सुरुवात गरिन् । यो फिल्म पछि उनी ‘बी–ग्रेड’ फिल्म ‘शीशा’मा देखिइन् । जसमा सोनू सूदको पनि प्रमुख भूमिकामा अभिनय थियो ।

‘दिल से’ र ‘मन’ जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मनीषा कोइरालाले कैयौं ब्लकबस्टर फिल्ममा काम गरिसकेकी छन् । करियरका बीच उनले एक ‘बी–ग्रेड’को प्रेमकथाको फिल्म ‘ए लिटिल लव स्टोरी’मा अभिनय गरेकी थिइन् । प्रख्यात अभिनेत्रीको छवि बनाइरहँदा उनले यस्ता किसिमका फिल्ममा बोल्ड दृश्य दिएको देख्दा सबै चकित परेका थिए ।

आफ्नो दमदार हाँसोका कारण चर्चामा आइरहने अर्चना पूरन सिंहले करियरको सुरुवातमा कैयौं बोल्ड फिल्ममा अभिनय गरिन् । उनले अभिनेता शेखर सुमनका साथ ‘बी–ग्रेड’को फिल्म ‘रात के गुनाह’मा रोमान्स गरेकी थिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : १५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,