बेलायतमा कोरोना खोप कार्यक्रम : ग्रीनविचकीले गरिन उलविच लेट नाइट फार्मेसीको तारिफ | Khabarhub Khabarhub

बेलायतमा कोरोना खोप कार्यक्रम : ग्रीनविचकीले गरिन उलविच लेट नाइट फार्मेसीको तारिफ


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– ग्रीनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् । जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्यासिनेशन साइटले सफलता पूर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ ।

हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलविच लेट नाइट फार्मेसीका अध्यक्ष राजन कँडेल साथै वरिष्ठ क्लिनिकल फर्मासिष्ट शोभा शर्माबीच छलफल भएको हो । उक्त जुम मिटिङमा मेयर बर्डले उलविच लेट नाइट फार्मेसीले कोभिड १९ खोप अभियानप्रति विशेष चासो व्यक्त गरेकी थिइन् । उनले कोभिड १९ खोप अभियानमा एनएचएसमा फार्मेसीहरु महत्वपुर्ण स्रोत भएको जिकिर गरिन् ।

फर्मासिष्टहरु जो उच्च प्रशिक्षित स्वास्थ्य सेवा प्रदायकहरु हुन्, उनीहरुप्रति आम मानिसको विश्वास रहेको उनले बताइन् । उनीहरुले उत्कृष्ट सेवा प्रदायक हुन् र सुरक्षित र प्रभावकारी रुपमा भ्याक्सिनेशन सेवा प्रदान गर्दै आइरहेको भन्दै उनले तारिफ गरिन् ।

महामारीको समयमा लगातार खटिएर स्वाथ्य सेवा प्रदान गर्न कडा परिश्रम गरिरहेका र ग्रीनवीचका बासिन्दाहरुलाई खोप लगाएर जनस्वास्थ्यमा योगदान पुर्याएकोमा उनले उलविच लेट नाइट फार्मेसीमा कार्यरत सम्पुर्ण टिमको प्रशंसा गरेकी छन् ।

त्यस्तै मेयर बर्डले आफु बेम समुदायसँग निकट रहेर काम गरिरहेको र कोभिड खोप (उलविच फार्मेसीले समर्थन गर्दै आइरहेको मिसन) बारे जनचेतना गराइरहेको कँडेल र शर्मालाई विश्वास दिलाइन् ।

एनएचएस साउथ इष्ट लण्डनसँगको सहकार्यमा शोभा शर्माले भिडियोहरु निर्माण गर्दै आइरहेकी छन् र नेपाली समुदायलाई कोरोना भ्याक्सिनबारे प्रचार गरिरहेकी छन् ।

उलविच लेट नाइट फार्मेसी सुपरीटेण्डेन्ट फर्मासिष्ट जिगनेश मेहता र वरिष्ठ क्लिनिकल फर्मासिष्टहरु खोप लगाउने कार्य गर्दै आइरहेका छन् । पहिलो महिना निकै सफल रहेको र उनीहरुले धेरैभन्दा धेरै प्राथमिकतामा रहेका समुहलाई प्रत्येक हप्ता खोप लगाएको कँडेलले जानकारी दिए ।

उलविच लेट नाइट फार्मेसी ग्रीनवीचमा पहिलो फार्मेसी हो जसलाई एचएनएस इंग्ल्याण्डले एचएचएस कोभिड खोप साइट बनाउनका लागि अनुमोदन गरेको थियो । साथै लण्डनमा १५ मध्ये एक मात्र हो ।

टोलीले अब यो अनुभव ग्रीनविचमा रहेको अर्को फार्मेसी आधारित कोभिड खोप केन्द्रको लागि प्रयोग गर्ने योजना बनाएको छ ।

टोलीले मेयरसँग यस क्षेत्रमा प्रावधान विस्तार गर्ने उनीहरुको भावी योजनाहरु साझेदारी गर्दै आफुहरु उक्त कुरामा पुर्ण सहयोगी रहेको पुष्टि गरेको छ । उनीहरुलाई शुभकामना दिएकी छन् । मेयर बर्डले अन्तिममा समुदायको सहयोगमा खटिएकोमा र खोप नीतिलाई सफलता पुर्वक अगाडि बढाइरहेकोमा धन्यवाद दिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : १६ बजे

क्यानडाको सार्वभौम सत्तामा ट्रम्पको सम्मान

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सार्वभौमिकतामा सम्मान गरेको

काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू १४ घण्टापछि स्थगित

काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि जारी कर्फ्यू शनिबार

म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्पः १४४ बढीको मृत्यु, सयौं बेपत्ता

काठममाडौं – म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका

आजको मौसम पूर्वानुमान : केही प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात

काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

राजावादीको अराजकता: दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी, १० लुटपाट

काठमाडौं – शुक्रबार दिनभर तनावग्रत बनेको तीनकुने क्षेत्रमा दुई जनाको