‘स्लमडग मिलेनियर’ अभिनेताविरुद्ध यौन हिंसाको उजुरी « Khabarhub

‘स्लमडग मिलेनियर’ अभिनेताविरुद्ध यौन हिंसाको उजुरी


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ मा समिर मल्लिक भूमिकामा अभिनय गर्ने अभिनेता मधुर मित्तललाई यौन हिंसाको आरोप लागेको छ । पूर्व प्रेमिकामाथि प्रेमिकाकै घरमा यौन हिंसा गरेको भन्दै मित्तलविरुद्ध खार प्रहरी थानामा उजुरी परेको हो ।

फ्रि प्रेस जर्नलमा प्रकाशित समाचार अनुसार प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । प्रहरी प्रवक्ताका अनुसार पूर्व प्रेमिकामाथि फेब्रुअरी १३ मा यौन हिंसा गरेको उजुरीमा उल्लेख छ ।

टेलिभिजन शो ‘शाका लाका बुम बुम’मा ‘टिटो’को भूमिकामा अभिनय गरेका मित्तलमाथि प्रेमिकाको घरमा विना अनुमति प्रवेश गरेर उनीमाथि यौन हिंसा गरेको उजुरी परेको प्रहरीले जनाएको छ । मित्तलमाथि उजुरी गर्ने पूर्व प्रेमिका बान्द्राकी हुन् ।

समाचार अनुसार ती महिलालाई मित्तलले गत वर्षको डिसेम्बरमा भेटेका थिए । महिलाको वकिल निरञ्जन सेठ्ठीले ती महिलालाई भेटेको दुई हप्तामै मित्तलले जबरजस्ती मदिरा पिलाएको दाबी गरेकी छन् ।

यो घटनापछि गत फेब्रुअरी ११ मा ती महिलाले मित्तलसँग सम्बन्ध तोडेकी थिइन् । तर त्यसको दुई दिनमा उनको घरमै पुगेर मित्तलले यौन हिंसा गरेका थिए ।

‘मधुर मित्तल निकै आक्रोशित थिए । उजुरीकर्ताको कोठामा प्रवेश गरी उनको घाँटी १५ पटकसम्म थिची धेरैपटक थप्पड हानेका थिए । महिलाको शरीरको विभिन्न अंकमा हिर्काएर उनीमाथि यौन हिंसा गरे । यो घटनापछि उनी गम्भीर घाइते भएकी छन्’, वकिलले पेस गरेको उजुरीमा भनिएको छ ।

मधुराका विरुद्ध इण्डियन प्यानल कोडमा यौन हिंसा, यौन दुव्र्यवहारका विषयमा उजुरी गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : २७ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई