ओलीले तत्काल राजीनामा नदिए संसदबाट ‘गलत्याएर’ फाल्छौँ: नेतृ भुसाल (भिडियोसहित) « Khabarhub

ओलीले तत्काल राजीनामा नदिए संसदबाट ‘गलत्याएर’ फाल्छौँ: नेतृ भुसाल (भिडियोसहित)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य पम्भा भुसालले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट गलत्याएर फाल्ने बताएकी छिन् ।

आज काठमाडौंको रत्नपार्कमा आयोजित सभामा बोल्दै पम्फाले यस्तो चेतावनी दिएकी हुन् ।

हेरौँ भिडियो

उनले प्रधानमन्त्री ओलीको नैतिकता बाँकी नरहेको र यदि बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताएकी हुन् ।

प्रतिनिधि सभा पुनःस्थापना गरेपछि प्रतिगामीहरूले अलिकति नैतिकता भए राजीनामा देलान् भनेर आफूहरूले भनेको र अझै पनि नैतिकता छ भने राजीनामा दिन उनले चेतावनी दिइन् । उनले ओलीलाई हारेको प्रतिगामी भन्दै अब उठ्ने दिवास्वप्न नदेखे नदेख्न पनि आग्रह गरिन् ।

‘१३ दिनपछि संसदको बैठक शुरु हुन्छ, राजीनामा नदिए संसदबाट गलत्याएर फालिने छ,’ उनले भनिन् ।

उनले सर्वोच्च अदालतले ओलीको प्रतिगमनकारी सोचलाई खारेज गरिदिएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ुनेपालको हिटलर बन्न खोज्ने ओलीको तानाशाही पराजित भएको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ४६ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज