जनताले भोट दिएन, अहिले कांग्रेस चाहिएको छ: सभापति देउवा « Khabarhub

जनताले भोट दिएन, अहिले कांग्रेस चाहिएको छ: सभापति देउवा


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको बताएका छन् ।

आज काठमाडौँमा कांग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा राखिएको विचार गोष्ठीमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले यतिबेला जनताले कांग्रेसको खोजी गरेको तर भोट दिने बेला भोट नदिएको टिप्पणी गरे । उनले जनताले कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको समेत बताए ।

‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ सबले, जनताले भोट दिएन अहिले काँग्रेस चाहिएको छ, कांग्रेसलाई खोज्न थालेका छन् मान्छेहरुले,’ सभापति देउवाले भने ।

उनले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस नै चाहियो ?’

उनले जनताले नेकपालाई भोट हालेको र आफूहरूले मान्नुपर्ने अवस्था आएको बताए । साथै उनले संसद पुनःर्स्थापना भएकोमा खुशी व्यक्त गरे ।

विचार गोष्ठीमा बोल्दै उनले तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन हुने पनि दाबी गरे ।

देउवाले नेकपाभित्र दुई समूह देखिए पनि कानूनी रुपमा एउटै पार्टी भएको बताए । साथै उनले नेकपा फुटोस् भन्ने चाहना नराखेको पनि बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : १० बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा