पशुपतिमा सुनको जलहरी राख्ने मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश « Khabarhub

पशुपतिमा सुनको जलहरी राख्ने मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले पशपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले पशुपतिनाथको शिवलिङ्गमा सुनको जलहरी राख्ने सरकारको निर्णय यथास्थितीमा राख्न भन्दै कारण देखाउ आदेश जारी गरेको हो ।

बाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सुनको जलहरी राख्ने निर्णय यथास्थितीमा राख्न आदेश दिएको हो ।

आज बिहान मात्रै राष्ट्रपति विद्यादेवि भण्डारीले जलहरी राख्नुपूर्व क्षमा पूजा गरेकी थिइन् ।

पशुपतिनाथमा सुनको जलहरी लगाइसकेका बेला सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : १३ बजे

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय