नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु « Khabarhub

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । छलफलमा ८० बढी सांसदहरु उपस्थित भएको जनाइएको छ ।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ ।

संसदीय दलको बैठकमा नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

ययसअघि आजै बसेको दाहाल नेपाल समूहको नेकपाको स्थायी कमिटी  बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ३० बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर