‘गंगूबाई काठियावाडी’मा आलिया माफिया क्वीन « Khabarhub

‘गंगूबाई काठियावाडी’मा आलिया माफिया क्वीन


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर बुधबार उनको करियरको १० औं फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री आलिया भट्टले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

दैनिक जागरणका अनुसार फिल्मको पहिलो झलकमै आलियाले आफ्नो दमदार उपस्थिति देखाएकी छन् । पूर्ण संवादयुक्त र विन्दास अभिनयले टिजरलाई मसलेदार बनाइदिएको छ ।

फिल्म यो वर्ष रिलिज हुने प्रतिक्षित फिल्ममध्ये एक हो । फिल्म जुलाई ३० मा रिलिज हुँदैछ । टिजरको सुरुवात मुम्बई नजिकै रहेको रेड लाइड एरिया कमाठीपुराबाट हुन्छन् । जहाँ गंगूबाईको आदेशमात्र चल्छ ।

टिजरमा गंगूबाईको चमकधमक, आत्मविश्वासले आलियाले दुरुस्तै प्रस्तुत गरेकी छन् । यो फिल्म हुसैन जैदीको पुस्तक ‘माफिया क्विन्स’को एक भागमा आधारित छ ।

गंगूबाई मुम्बईको कमाठीपुरा इलाकाकी एक कोठी सञ्चालिका थिइन् । यो फिल्ममा अजय देवगन र विक्रान्त मेसीको पनि अभिनय छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय