लड्डु खाएर दाहाल र नेपालले के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

लड्डु खाएर दाहाल र नेपालले के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली (भिडियोसहित)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य घटनाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘भाइ’ सम्बोधन गर्दै उनले कटाक्ष पनि गरे ।

बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लड्डु खाएर खुशीयाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्ने टिप्पणी गरे ।

‘मेरा केही भाइहरुले लड्डु खुवाइ–खुवाइ गरे अरे,’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन, लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ ।’

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले दाहाल–नेपालले भोलि पर्सीदेखि आफ्नो राजीनामा माग्न थाल्छन् कि जस्तो आफूलाई लागेको बताए । उनले भने, ‘राजीनामा देऊ, राजीनामा देऊ’ भनेर ।’

उनले यतापट्टि चिन्ता गर्नु नपर्ने बताए । ‘को मान्छे कतिखेर के दुर्घटनामा परेर मर्न सक्छ भन्दै उनले भने ‘जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमान्दार,’ ओलीले भने ।

देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दाबी गरे ।

दाहाल–नेपालतर्फ इंगित गर्दै उनले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए ।

करीब ३८ मिनेटको सम्बोधनका क्रममा केही मिनेट मात्रै राजनीतिक भाषण गरेका ओलीले सत्ता छाड्नु पर्दा पनि आफू दुखी नहुने संकेत गरे ।

शास्त्रका केही हरफ उदृत गर्दै उनले भने, ‘उदाउने खुशीयालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु परेको दुःखमा पनि मुस्कुराउँदै रातै भएर अस्ताउँछ ।’

बच्चा जन्मिदा रुँदै जन्मने उल्लेख गर्दै उनले भने, ‘शायद सांसारिक दुनियाँमा आएपछि दुःख पाइन्छ कि क्यो हो भनेर रोएको होला । तर मर्दा कोही पनि रुँदैन ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ३४ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६