नवलपुरमा जंगल सफारी र होमस्टेपछि प्याराग्लाइडिङको सम्भावना बढ्यो « Khabarhub

नवलपुरमा जंगल सफारी र होमस्टेपछि प्याराग्लाइडिङको सम्भावना बढ्यो

बालुवाडाँडामा प्याराग्लाइडिङ परीक्षणपछि युवाहरु उत्साहित



नवलपुर– पोखराको सराङकोटमा लामो समयदेखि व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान हुँदै आएको छ ।

जसले पर्यटन व्यवसायलाई प्रवर्द्धन गरेको छ । हावाको बहावको असन्तुलनले गर्दा कतिपय ठाउँमा प्याराग्लाइडिङ दुर्घटना पनि भएका छन् ।

प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि उडान भर्ने ठाउँ र अवतरण गर्ने ठाउँ उपयुक्त हुनुपर्ने प्याराग्लाइडिङ व्यवसायीहरु बताउँछन् ।

प्याराग्लाइडिङको सम्भाव्यता खोज्दै एकसाताअघि पोखरामा रहेको क्लाउड बेस प्याराग्लाइडिङ्ग प्रा.लि र पिस हिमालयन प्याराग्लाइडिङ्ग प्रालिका सञ्चालकहरु गण्डकी प्रदेशकै दक्षिणी जिल्ला पूर्वी नवलपरासी आइपुगे ।

नवलपरासीपूर्व कावासोती नगरपालिकाको पहाडी गाउँ कुमसोत र बालुवाडाँडाको छनोट गरी उडान परीक्षण गर्न अनुमति लिएका थिए ।

पाँच दिनसम्मको परीक्षणपछि बालुवाडाँडाबाट व्यावसायिक रुपमा नै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उनीहरुले निष्कर्ष निकालेका छन् ।

परीक्षणका क्रममा कावासोती नगरपालिका १ का युवाहरुले साथ दिएका थिए । यो ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिएमा पर्यटन प्रवद्धन गर्न सकिने भन्दै आफूहरुले साथ दिएको स्थानीय बिमल रानाले बताए ।

प्याराग्लाइडिङ्गका लागि  सम्भावना बोकेको तथा प्राकृतिक र प्राविधिक रूपमा समेत यो ठाउँ उपयुक्त स्थान भएको पाँच दिनसम्मको परीक्षणपछि प्याराग्लाइडिङ्गका क्याप्टेन पाइलट हरि पहारीले बताए ।

बालुवाडाँडाबाट प्यराग्लाइडिङ उडान गरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको पोखरीताल तथा केरुङ्गेखोलाको किनारमा अवतरण गराइएको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी, कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुन, उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय युवा तथा पत्रकारहरुले पनि परीक्षण उडानमा सहभागिता जनाए ।

पहिलो पटक आफ्नै गाउँठाउँबाट प्याराग्लाइडिङ उडान गरी नवलपुरको मनोरम दृष्यालोकन गर्न पाउँदा आफूलाई निकै खुशी लागेको स्थानीय पत्रकार तीर्थ डुम्रेले बताए ।

प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि स्थानीय युवाहरु उत्साहित देखिएका छन् । कावासोती नगरपालिका १ स्थित बालुवाडाँडा समुन्द्र सतहदेखि ९ सय मिटर उचाइमा छ । यो ठाउँबाट गरिएको प्याराग्लाइडिङ्ग परीक्षण सफल भएकाले नियमित सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने बालुवाडाँडा पर्यटन युवा सञ्जालका अध्यक्ष उमेश रानाले बताए ।

व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडानको सम्भाव्यता रहे पनि प्रशासनिक कार्यहरु मिलाउनुपर्ने भएकाले त्यस विषयमा अन्य प्रक्रिया बाँकी नै रहेको उनले बताए ।

अवतरण गर्ने हात्तीखोर क्षेत्रमा नेपाली सेनाको ब्यारेकसमेत रहेकाले त्यसबारेमा पनि प्रशासनिक जटिलताहरु टुंग्ग्याउनुपर्ने रानाले बताए ।

नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर स्थानीय युवाहरूले पर्यटकीय गतिविधि बढाउन नवलपुरको डाँडाबाट प्याराग्लाइडिङ्ग उडान परीक्षण गरेका थिए । यसको सफल परीक्षणपछि नवलपुरलाई पर्यटकीय हबको रूपमा विकास गर्ने सोंच युवाहरुको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा भएको जंगल सफारी तथा नारायणी नदी किनारका सञ्चालन गरिएका होमस्टेहरुले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै आएकोमा प्याराग्लाइडिङको अर्को सम्भावना देखिएको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।