सांसदहरुलाई काठमाडौँ उपत्यका नछाड्न नेकपा दाहाल-नेपाल पक्षको निर्देशन (भिडियोसहित) « Khabarhub

सांसदहरुलाई काठमाडौँ उपत्यका नछाड्न नेकपा दाहाल-नेपाल पक्षको निर्देशन (भिडियोसहित)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।

बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’

दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ ।

बैठकमा अध्यक्षद्वय पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएका थिए ।

अध्यक्षद्वयले सर्वोच्चको फैसलालाई स्वागत गरेको र अव संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभएको नेता देव गुरुङले जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै संसदलाई व्यवस्थीत रुपमा अघि बढाउनका लागि आवश्यक सहकार्य गर्नुपर्नेमा बैठकले जोड दिएको उनले बताए । नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफैंले विघटन गरेको संसदमा गएर विश्वासको मत माग्ने नैतिकता नभएको समेत जिकिर गरे ।

यदि अविश्वासको प्रस्ताव सामना गर्ने हो भने आफूहरु पनि तयार रहेको उनले बताए । सरकारले दल विभाजन या अन्य कुनै अध्यादेश ल्याउन पनि सक्ने सन्दर्भमा उनले बाध्यकारी हिसाबले संसद बैठक बस्ने मिति नै तोकिएको अवस्थामा अध्यादेश आउन नसक्ने उल्लेख गरे ।

बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेता गुरुङले जानकारी दिए।

संसदीय दलको बैठकमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।

यसअघि आजै बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : ०८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन