सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा « Khabarhub

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् ।

हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८, ६११ मिटर) को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए ।

“यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ”, उनले भने, “हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।”

प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताए ।

“आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिकरुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ”, उनले भने । दैनिक कार्यशैली, सोच विचारका साथ गरेको आरोहण देशका लागि मार्ग निर्देशन भएको उनले उल्लेख गरे ।

प्रधानसेनापति थापाले राष्ट्रिय भावनासहित सबै एकजुट भएर एउटै लक्ष्यका साथ चढेकाले हिमाल आरोहणको कीर्तिमान सम्भव भएको बताए ।

योजना सही ढङ्गले कार्यान्वयन गरेकै कारण ठूलो सफलता प्राप्त भएको उल्लेख गर्दै उनले आरोहण टोलीको अनुभव नेपाली सेनाका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको बताए ।  प्रधानसेनापति थापाले नेपालीले विदेशमा विभिन्न चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै त्यही अनुभवअनुसार आफ्नै देशमा काम गर्नसके देशले फड्को मार्ने तथा उन्नति प्रगति गर्न सम्भव हुने बताए ।

सो अवसरमा केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सहयोग गरेकामा उनले पाकिस्तान सरकार, जनता र नेपालस्थित पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए । दश आरोही सम्मिलित नेपाली आरोहण टोलीले गत माघ ३ गते केटु हिमालको सफल आरोहण गरेको हो ।

कार्यक्रममा प्रधानसेनापति थपाले नेपाली सेनाले विपद् व्यवस्थापन र खोज तथा अनुसन्धानमा योगदान दिँदै आएको उल्लेख गरे । नेपाली सेनाले आगामी चैत ३१ देखि जेठ २२ गतेसम्म विश्वको अग्लो हिमाल सगरमाथालगायत छ हिमालको झण्डै ३५ टन फोहर सङ्कलन गरिने समेत उनले जानकारी दिए ।

तस्वीर- रासस

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : ४३ बजे

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई