कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ « Khabarhub

कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उनले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताएका हुन् ।

सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने जनाउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले सामना गर्ने बताए ।

अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उनले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मूल्याङ्कन गर्ने बताए ।

अदालतले संसद् पुनःस्थापनाको फैसला गरेलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँड्दै हिँडेको टिप्पणी गर्दै मन्त्री श्रेष्ठले सपना बाँड्दैमा र सपना देख्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने तर्क गरे ।

“राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन, सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ”, मन्त्री श्रेष्ठ भने, “अबको प्रधानमन्त्री पनि ओली नै हुन् उहाँले नै निर्वाचन गराउनुहुन्छ ।”

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल र सडकमा कुर्लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याएर संसदबाट सरकार हटाएर देखाउन चुनौती दिए ।

मन्त्री श्रेष्ठले भने, “अब खेल मैदानमा आएको छ, हामीसँग नेपालको राजनीतिका पेले छन्, रोनाल्डो छन्, म्यारोडोना र मेसी हामीसँगै छन्, त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनौँ, हाम्रै जीत सुनिश्चित हुनेछ, जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौँ ।”

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : ३७ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको