अब फेरि कुर्सी र पदको झगडा दोहोरिनेछ : अध्यक्ष बिजुक्छे « Khabarhub

अब फेरि कुर्सी र पदको झगडा दोहोरिनेछ : अध्यक्ष बिजुक्छे


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन्।

बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताए ।

उनले भने, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ ।”

अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए । शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै उनले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले आफ्नो अनुभव सँगालेर नयाँ पुस्ताका लागि पठनीय पुस्तक प्रकाशन गर्नेतर्फ अवकाश प्राप्त शिक्षकको ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्रि कक्षाबाट शुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाको अग्रसरता र उपलब्धि नै प्रशंसनीय रहेको बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : १० बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको