अब फेरि कुर्सी र पदको झगडा दोहोरिनेछ : अध्यक्ष बिजुक्छे « Khabarhub

अब फेरि कुर्सी र पदको झगडा दोहोरिनेछ : अध्यक्ष बिजुक्छे


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन्।

बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताए ।

उनले भने, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ ।”

अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए । शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै उनले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले आफ्नो अनुभव सँगालेर नयाँ पुस्ताका लागि पठनीय पुस्तक प्रकाशन गर्नेतर्फ अवकाश प्राप्त शिक्षकको ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्रि कक्षाबाट शुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाको अग्रसरता र उपलब्धि नै प्रशंसनीय रहेको बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : १० बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ