थिरले चोरे अञ्जु पन्तको मन « Khabarhub

थिरले चोरे अञ्जु पन्तको मन


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेखा थापा फिल्मस्मा छविराज ओझाले निर्माण गरेको फिल्म ‘कसले चोर्यो मेरो मन’ले बक्सअफिसमा राम्रो व्यापार गर्यो । यही फिल्मको शीर्ष गीत गाउने अञ्जु पन्त गीतको मन चाहिँ यतिबेला थिरप्रसाद कोइरालाले चोरेका छन् ।

अर्थात् एक वर्षदेखि प्रेममा रहेको अञ्जु र थिरको प्रेमले बुधबारबाट पूर्णता पाएको छ । यो जोडीले बुधबार क्रिश्चियन धर्म शैलीको वैवाहिक परम्परा अनुसार विवाह गरेका हुन् । निकै गोप्य राखिएको यो विवाहमा दुवै पक्षका सीमित आफन्तको मात्र उपस्थिति रहेको थियो ।

गायक तथा संगीतकार मनोजराज शिवासँगको सम्बन्धविच्छेदपछि गायिका अञ्जु छोरी परितोषिकासँग बस्दै आएकी थिइन् । यो सम्बन्धविच्छेदपछि अञ्जुले क्रिश्चियन धर्म अंगालेकी थिइन् ।

अञ्जुले विभिन्न युट्युब च्यानल तथा टेलिभिजनमा छोरी परितोषिकाले आफूलाई विभिन्न समयमा विवाह गर्न दबाब दिइरहेको बताउदै आएकी थिइन् । अञ्जुले पनि आफू चाँडै विवाह गर्ने संकेत गरेकी थिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ३४ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ