सुदूरपश्चिम प्रदेशसभामा सर्वोच्चको फैसलाको स्वागत « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा सर्वोच्चको फैसलाको स्वागत


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यले प्रतिनिधिसभा विघटन बदर भएको घटनाले देशमा उत्पन्न अन्योल अन्त्य भएको भन्दै सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

बैठक प्रारम्भ हुनासाथ समसामयिक विषयमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले संसद् विघटनलाई बदर गरिदिएको घटनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।

उनले भने, “यो घटनाले आगामी दिनमा कार्यपालिका प्रमुखलाई काम गर्दा कानूनी राज्य स्थापना गर्नमा प्रेरित गर्ने छ ।”

प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले संसद् विघटनलाई बदर गरेको सर्वोच्च अदालतको निर्णयलाई काँग्रेसले स्वागत गरेको भन्दै यो घटनाबाट शिक्षा लिएर प्रदेश सरकारले पनि बनेका कानूनको कार्यान्वयन नियम सङ्गत भए नभएको विषयमा गम्भीर हुनुपर्ने बताए ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रस्तुत गर्नुभएको ‘सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको अध्यादेश’लाई बहुमतले स्वीकृत गरेको छ ।

यसअघि ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सदन चलिरहेको बेला अध्यादेश ल्याउन नपाइने भन्दै विरोध जनाएका थिए । जवाफमा सभामुख अर्जुनबहादुर थापाले अर्को ऐनबाट यो अध्यादेशलाई प्रतिस्थापन गरिने बताए । अध्यादेश स्वीकृतिका लागि बैठकमा निर्णायार्थ पेश हुँदा पहिलोपटक प्रतिपक्षी बेञ्चबाट ‘हुन्न’ भन्ने आवाज सुनिएको थियो ।

बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले ‘प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि दफाबार छलफलपश्चात् तयार भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ४० बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा