बुधबार कुन भगवानको पूजा कसरी गर्ने ? « Khabarhub

बुधबार कुन भगवानको पूजा कसरी गर्ने ?


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दु धर्म शात्रस् अनुसार हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

आज बुधबार भएकाले बुधबार विशेष दिन मान्ने भगवान र पूजा आरधानको कुरा गरौँ । ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पूजा गरिन्छ।

कसरी गर्ने पूजा ?

पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। भनिन्छ नी सोम खेती बुध घर । आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।

कृष्णलाई पुकार्ने विधिः ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ ।

व्यक्तिगतरूपमा अथवा सामुहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।

सबै प्राणी भित्र परब्रम्ह परमात्मा रहेको हुन्छ, जुन कुरा स्वामी विवेकानन्दको विचारबाट पनि स्पष्ट हुन्छ। विकार रशित निर्मल र शुध्द मनले एकाग्र भै ध्यान गरेमा त्यसलाई साक्षात्कार गर्न सकिन्छ।

हिन्दु धर्ममा प्रार्थनाको विशेष स्थान रहेको छ । यसको प्रभाव अरु धर्म र संस्कृतिमा पनि फैलिएको पाइन्छ । दुई हात जोडी प्रणाम गरी ॐ उच्चारण गर्ने हिन्दूहरुको प्रचलन आज संसारभरि चिनिन्छ । ॐ को महत्व ठूलो छ । ॐ तीन अक्षरहरु अ, उ र म को सम्मिश्रणले बन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ३५ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६